बैशाख २७, २०८१ बिहीबार

जलेश्वर सामुदायिक सिकाई केन्द्रको १२औं बार्षिक साधारणसभा सम्पन्न

शनिश्चरे । अर्जुनधारा नगरपालिका–८ स्थित जलेश्वर सामुदायिक सिकाई केन्द्रको १२औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।

स्थानीय दुग्धेश्वर शिवालयको हलमा केन्द्रद्वारा आयोजित साधारणसभाको अध्यक्षता केन्द्रकी अध्यक्ष की पुनम पोखरेल सुवेदीले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको उपस्थिति रहेको थियो । यसैगरी विशेष अतिथिका रुपमा केन्द्र संस्थापक अध्यक्ष कुमार भट्टराई, अतिथिहरुमा अर्जुनधारा नगरपालिका शिक्षा शाखा प्रमुख सुनिता भट्टराई, पशुपंक्षी तथा मत्स्य विकास शाखा प्रमुख पदमलाल राई, कोशी प्रदेशका सूचिकृत प्रशिक्षक अरुणा चौधरी, सिकाइ केन्द्रका उपाध्यक्ष देवकला प्रसाई, सिंहदेवी कृषक समूहका सूर्यबहादुर श्रेष्ठ, गरिमा महिला समूहका निसा अधिकारी लगायको उपस्थिति रहेको थियो ।

अध्यक्ष सुवेदीले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदनमा आर्थिक बर्ष २०८० /०८१ को कार्ययोजना अनुसार सीप विकास अन्तर्गत सिलाइ कटाइ तालिम र झोला बनाउने कार्यलाई निरन्तरता दिने, अनौपचारिक क्षेत्र तर्फ नगरका सामुदायिक विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप सञ्चालन, धार्मिक तथा सांस्कृतिक अन्तर्गत मठ मन्दिरहरुमा विभिन्न पर्वहरुमा सहयोग र साँस्कृतिक, महिला सशक्तीकरणका कार्यक्रम अन्तर्गत कानुनी परामर्श, नेतृत्व विकास, लैङ्गकि विरुद्ध, लागूपदार्थ दुव्र्यसन विरुद्धका कार्यक्रम सञ्चालन गर्ने विषयहरु समेटिएका थिए ।

उक्त कर्यक्रमको संचालन केन्द्रकी सदस्य इन्दिरा दाहालले गरेकी थिइन् ।

प्रकाशित मिति : आश्विन ११, २०८० बिहीबार  ५ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]