बैशाख २२, २०८१ शनिबार

कनकाईमा लम्पी स्किन रोग बिरुद्ध खोप अभियान सुरु

चन्द्र बस्नेत

कनकाई । झापाको कनकाई नगरपालिकामा आजबाट लम्पी स्किन रोग बिरुद्धको खोप अभियान सुरु भएको छ । कनकाई नगरको आयोजना तथा नगर पशु स्वास्थ्य शाखाको संयोजनमा लम्पी स्किन रोग बिरुद्धको खोप अभियान सुरु भएको हो ।

नगरका सबै वड़ासम्म नै व्यापक रुपमा लम्पी स्किन रोग विरुद्धको खोप अभियान संचालन हुने कार्यवाहक नगर प्रमुख शुसिलकुमार पोखरेलले जानकारी दिए । पहिलो दिन कनकाई वडा नं. ५ बाट ३ टोली परिचालन गरि अभियान आगामी १५ दिन भित्रमा सबै वडामा सम्पन्न गर्ने लक्ष्य लिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । उनले बढीभन्दा बढी नगरबासी पशु पालक कृषकलाई लाभ लिन अनुरोध गर्दै नगरवासीको पशुधन सुरक्षामा स्थानीय सरकार गम्भीर भएको बताए ।

नगरभरी करिव ७ हजार ५ सय बढी पशु चौपायालाई खोप लगाउने लक्ष्य रहेकोे नगर पशु स्वास्थ्य भेटरिनरी अधिकृत कुल बहादुर गुरुङको भनाई छ । कनकाई वडा नं. ५ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णबहादुर राईको अध्यक्षतामा भएको अभियानको उद्घाटनमा नगर पशु स्वास्थ्य शाखा प्रमुख तेज बहादुर पौडेल ,नगर पशु स्वास्थ्य भेटरिनरी अधिकृत गुरुङ लगायतले रोगको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमलाई नगर प्रवक्ता राईले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका आम नगरवासीलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले घरघरमै सेवा पुर्याउने उदेश्यका साथ यो अभियान सञ्चालन गरेको स्पष्ट पारेका छन् ।

लम्पी स्किन रोग बिरुद्धको खोप लगाउने पशु चौपायामा जन्मिएको ३ महिनामाथि पुगेका, त्यस्तै व्याएको तथा गर्भवती पशुका लागि सुरक्षित हुनुका साथै उक्त रोग लागेर निको भएर १ बर्ष पूरा भइसकेको पशुलाई मात्रै लगाउन मिल्ने नगर पशु स्वास्थ्य भेटरिनरी अधिकृत गुरुङले जानकारी दिए ।

कृषकहरुको पशुधनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट भएको कार्यक्रमले कृषि तथा पशुपालनमा थप हौसला मिलेको स्थानीय पशु पालक कृषकहरुको भनाई छ ।

प्रकाशित मिति : आश्विन १४, २०८० आईतबार  ५ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]