बैशाख ७, २०८१ शुक्रबार

बिर्तासिटीको तनाव साम्य : राहत स्वरुप मृतकको परिवारलाई ५ लाख

बिर्तामोड । बिर्ता सिटी अस्पताल बिर्तामोडमा भएको तनाव साम्य भएको छ । उपचारको क्रममा कनकाई नगरपालिका –७ कालिमुडाकी ५१ वर्षीया फुलमाया तामाङको आज दिउँसो मृत्यू भएको थियो । अस्पतालको लापरबाहीका कारण महिलाको मृत्यू भएको परिवारले दावी छ ।

पीडित परिवारलाई राहत स्वरुप ५ लाख अस्पतालले उपलब्ध गराउने सहमति भएपछि पीडित परिवारले शब उठाउने सहमति जनाएको छ । प्रहरीका अनुसार परिवारले शब बुझेको छ । सरोकार पक्ष विच साँझसम्म छलफल चलेपछि समाधान जुटेको प्रहरीको भनाई छ । तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरेर सुरक्षा दिइएको थियो ।

बिर्तासिटीमा प्रहरीको बाक्लो परिचालन गरेपछि कुनै क्षति भने हुन पाएन । अस्पतालमा संभावित घटना हुन नदिन सतर्कता अपनाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : मंसिर १९, २०७६ बिहीबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]