बैशाख १३, २०८१ बिहीबार

साईकल पाएका स्वयमसेविकाले भने – सरकारले तोकेको सुविधा पाउँ

झापा । १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा झापा गाउँपालिकाका ३१ महिला स्वास्थ्य स्वयंम सेविकालाई गाउँपालिकाले साइकल प्रदान गरेको छ ।

न्यून सेवा सुविधा लिएर गाउँघरमा सेवा गरिरहेका महिला स्वयमसेविकालाई गाउँपालिकाले सेवामा सहयोग पुगोस भनेर साइकल वितरण गरेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताए । साईकल प्राप्त गरेपछि जनतालाई सेवा प्रदान गर्न सजिलो भएपनि नेपाल सरकारले तोके बमोजिक कम्तीमा न्यूनतम पारिश्रमिक पाएमा सेवामा थप मद्दत मिल्ने महिला स्वास्थ्य स्वयम सेविकाको भनाई थियो ।

साइकल हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष शाहले महिला स्वयमसेविकालाई सरकारले कम्तीमा पनि न्यूनतम तलवको व्यवस्था गर्न माग गरे । शाहले अर्को बर्षबाट गाउँपालिकाबाट सेविकालाई प्रदान गरिरहेको सेवाको रमक बढाएर दोब्बर बनाउने घोषणा समेत गरेका छन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन निरौला , वडाध्यक्ष हरिबहादुर बानियाँ, नेकपाका गाउँपालिका अध्यक्ष रुद्र बजगाई , शिक्षासेवी टिका जमरकट्टेल , झापा गाउँपालिका स्वास्थ्य संयोजक प्रेम न्यौपाने लगायतले महिला स्वास्थ्य स्वयमसेविकाले समाजमा पुर्याएको योगदानको खुले चर्चा गरेका थिए ।

प्रकाशित मिति : मंसिर २०, २०७६ शुक्रबार  १० : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]