बैशाख २३, २०८१ आईतबार

कनकाईमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

चन्द्र बस्नेत

कनकाई । झापाको कनकाईमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । कनकाई नगरपालिकाको आयोजना तथा नगरपालिकाको महिला, बालबालिका शाखाको संयोजन र जेष्ठ नागरिक संघको व्यवस्थापनमा ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको हो ।

‘पुस्तौ पुस्तासम्म ज्येष्ठ नागरिकका लागि मानव अधिकारबारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो । ज्येष्ठ नागरिक संघ कनकाई नगर अध्यक्ष शम्भुप्रसाद पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि खरेलले ज्येष्ठ नागरिक देशकै गहना भएको बताएका छन् । ज्येष्ठ नागरिकको ज्ञानको पुञ्जको रुपमा रहेको बताउदै प्रमुख अतिथि खरेलले ज्येष्ठ नागरिकको ज्ञान–सीपलाई पुस्तान्तरण गर्ने खालका योजनाहरु ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता एवम् वडा न ५ का अध्यक्ष कृष्णबहादुर राईले जेष्ठ नागरिकको सम्मान नै तीर्थव्रत रहेकोे भन्दै जेष्ठ नागरिकको हक, हित, संरक्षण र स्म्बद्र्धनका लागि विभिन्न कार्यक्रम गर्नुपर्ने आवश्यकता औल्याए ।

सामाजिक विकास शाखा प्रमुख हरिप्रसाद पौडेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडाले गरेकी थिइन् ।

प्रकाशित मिति : आश्विन १५, २०८० सोमबार  ७ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]