बैशाख २७, २०८१ बिहीबार

अर्जुनधारामा नापतौल सामग्रीको अनुगमन

इन्द्रकुमार राई

शनिश्चरे । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत नेपाल गुणस्तर तथा नापतौल कार्यालय झापाले आज अर्जुनधारा नगरपालिका –८ शनिश्चरे बजारस्थित देवकोटा चोकमा नगर क्षेत्रमा रहेका व्यापारी तथा व्यवसायीहरुले प्रयोग गर्ने नापतौलका सामग्रीको जाँच गरेको छ ।

नापतौलको ढक , तराजु र डिजिटल काँटा (यन्त्र) हरुको जाँच, नवीकरण, अनुमतिपत्र वितरण तथा अनुगमन कार्य सञ्चालन गरेको हो । अर्जुनधारा उद्योग वाणिज्य संघको आयोजनामा ढक, तराजु , डिजिटल काँटा ( यन्त्र ) सहि छ कि छैन, नवीकरण गरेको छ, छैन् चेकजाँच गरिएको हो ।

नवीकरण गर्दा लाग्ने जरिवाना आर्थिक मन्दीका कारण संघले विशेष छुटका लागि सिफारिस गर्न नापतौल विभागले उक्त कार्यक्रम सञ्चालन गरेको हो । व्यापारी तथा व्यवसायीहरुका लागि कम खर्चिलो र नापतौल विभागको कार्यालय जानुपर्ने झन्झटबाट मुक्त गराउनका लागि यो सुविधा दिएको वाणिज्य संघका अध्यक्ष इन्दिवरसिंह खड्काले जानकारी दिए ।

नापतौल विभागका कार्यालय प्रमुख सुनिलकुमार यादवको नेतृत्वमा कार्यालय सि.मि. हरेराम महतो, अन्जिता रेग्मी, सहलेखापाल पर्शुराम बराल र सहयोगी पुना घिमिरेले नाप्ने, तौलने यन्त्रहरुको अनुगमन तथा नवीकरण गरेका थिए ।
सो क्रममा ४३ जना भन्दा बढीको नापतौल सामग्री चेकजाँच र नवीकरण गरिएको संघका कोषाध्यक्ष प्रल्हाद ढुंगानाले जानकारी दिए ।

नापतौल विभाग तथा वाणिज्य संघको कार्यक्रम अनुसार छुटेका मंगलबार विहान ९ देखि १२ बजेसम्म अर्जुनधारा नगरपालिका –११ स्थित नयाँ बसपार्क र १ बजे देखि बेलुकी ४ :३० बजेसम्म वडा नम्बर ५ लक्ष्मीपुर स्थित बिहीबारे बजारमा १७ गते बुधबार विहान ९ :३० बजे देखि ४ः३० बजेसम्म वडा नम्बर ३ स्थित खुदुनाबारी बजारमा नापतौल यन्त्रहरुको चेकजाँच र नवीकरण कार्यक्रम सञ्चालन हुने संघका वरिष्ठ उपाध्यक्ष देवराज बुढाथोकीले जानकारी गराए ।

प्रकाशित मिति : आश्विन १५, २०८० सोमबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]