बैशाख २३, २०८१ आईतबार

राजनीतिक वेतिथी बढ्न नदिऊ

सम्पादकीय
अहिलेसम्मको परिवर्तनको जस लिन अधिकार पाएका दलहरु एक भएका छैनन् । विचारमा फरक–फरक भए पनि मुद्धामा यो उपलब्धी हासिल गर्ने दलहरु एक हुन आवश्यक छ । संविधानसभाबाट संविधान जारी गर्ने एमाले कांग्रेसभित्रको अराजनीतिक क्रियाकलापका कारण आम नागरिकले प्रश्न उठाइरहेका छन् । दुवै दलको मुल ध्येय भनेको देश बनाउने नै हो । जनतालाई खुशी र सुख प्रदान गर्ने नै हो । आफ्नै दलको विचार, सिद्धान्त मार्फत जनताको जीवनमा परिवर्तन ल्याउन सक्ने दलहरुमा आज एकता छैन । राजनीतिक घोचपेच र अस्वस्थ्य राजनीतिक बाहेक केहि छैन ।

निर्वाचन सकिएको एक वर्ष भयो । स्थानीय तहका जनप्रतिनिधिहरु अर्को निर्वाचनमा कसरी जित्ने भन्ने दाउँमा छन् । प्रदेश र संघका जनप्रतिनिधिहरु पनि सोही अनुसार ०८४ मा निर्वाचनमा जित्ने कसरी भन्दै दौडधुप गरिरहेका छन् । राजनीतिको मुल उद्देश्य भनेको जनताको सेवा हो । जनताको सेवा गर्न पद ठुलो कुरा होइन । पदमा रहे पनि नरहे पनि सेवामा समस्या हुदैन । यसैले कसैले पनि आउँदो निर्वाचनमा जितहार भन्दा निर्वाचन अघि जनताको जनजीवीकामा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्नेमा जोड दिन जरुरी छ ।

जनताको जीवन कष्टकर छ । शिक्षा, स्वास्थ्यमा गर्नुपर्ने लगानीले कसैलाई पनि उठ्न दिइरहेको छैन । दैनिक जीवन चलाउने सन्दर्भमा समय विग्रिदै गएको छ । व्यापारीहरु धमाधम सटर बन्द गर्दैछन् । बैंक तथा वित्तिय संस्थाको चर्को व्याज र दवावका कारण दैनिक जीवन मुस्किल बनिसक्यो । यस तर्फ दलहरुको ध्यान आकर्षण हुन सकिरहेको छैन । नत, सरकारले ख्याल गरेको छ । यस्ता ससाना मुद्धामा जनताले दुखसास्ती भोग्नु परिरहेको छ । पुराना दलहरु अब उदार हुनैपर्छ । नभए, संविधानको अधिकार प्रयोग गरेर आएका नयाँ भनिएका शक्तिहरुले समजलाई थप वेतिथीको बाटोमा लैजाने छन् । राजनीतिक रुपमा सोचविचार गरेर दलहरु अघि बढ्नुको विकल्प छैन ।

प्रकाशित मिति : आश्विन १६, २०८० मंगलबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]