अबको समाजबाद अध्ययन गर्न बिर्तामोडमा बृहत् भेला
बिर्तामोड । झापासहित पूर्व जिल्लाका कम्युनिस्ट पार्टीका नेता,कार्यकर्ता र जनप्रतिनिधि अबको समाजबाद अध्ययनका लागि आज बिर्तामोडमा भेला भएका छन् ।
तिनै तहको सरकार र पार्टीमा नेतृत्व गरिरहेको नेकपाका नेता, कार्यकर्ता, बिद्यार्थी, युवालाई बिचार प्रदान गर्न आयोजना गरिएको कार्यक्रममा ३ सय भन्दा बढी सहभागी छन् ।
समाजबाद निर्माण : संगठानात्मक सवाल अध्ययन गर्ने कार्यक्रम फाउन्डेसन फर क्रीटिकल डिस्कोर्स नेपालले आयोजना गरेको छ । फाउन्डेसनका अशेष घिमिरेले बिषय प्रवेश गराएका छन् ।
नेकपाका नेता राम कार्की, युवराज ज्ञवालीले समाजबाद निर्माण : संगठनात्मक सवाल बिषयक कार्यपत्र प्रस्तुत गरेका छन् । उनीहरुले बिश्वको कम्युनिस्ट आन्दोलन र समाजबादका बारेका चर्चा गरेका छन् । डा. खगेन्द्र प्रसाईले भने दुबै नेताको कार्यपत्र बारे टिप्पणी गर्ने छन् ।
उत्पादन वृद्धि बढाउन , देशको अर्थतन्त्र पुजीपतिको नियन्त्रण भन्दा बाहिर ल्याउन र आम नागरिकहरूलाई समाजबादको अनुभुति गराउन आवश्यक रहेकोले अझै सर्बहारा वर्गको लागि लढ्न बाकी रहेको नेताहरुले संकेत गरेका छन् ।