जेष्ठ ६, २०८१ आईतबार

सिम्रिक सदस्यहरुको आर्थिक पहुँच स्थापित गर्न सफल

झापाली २ सञ्चारकर्मीसहित ७ जना पुरस्कृत

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. झापाले शनिबार झापाली दुई पत्रकार, कर्मचारी र बचकर्ता गरी कुल ७ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ ।

बिर्तामोडमा सम्पन्न संस्थाको १३ औँ बार्षिक मुल माइन्युट प्रमाणित सभा (साधारणसभा) मा मेरो मेचीनगर डटकमका सम्पादक लक्ष्मी उप्रेती र पूर्व न्यूज डटकमका कार्यकारी सम्पादक युवराज विवशलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

पत्रकारिताको माध्यमबाट सहकारीक्षेत्रलाई उजागर गदैं जनसमुदाय समक्ष सूचना पुर्याउन खेलेको भूमिकाको उच्च कदर गर्दै उत्कृष्ट पत्रकारका रुपमा पत्रकारद्वय उप्रेती र विवशलाई सम्मान तथा पुरस्कृत गरिएको संस्थाले जनाएको छ ।

पुरस्कारको राशी जनही नगद १०-१० हजार रुपैयाँसहित सम्मान पत्र रहेको छ । मुल माइन्युट प्रमाणित सभाका प्रमुख अतिथि विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई, संस्थाका अध्यक्ष सुवास भट्टराई, संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले नगदसहित सम्मान पत्र प्रदान गर्दै खादा पहिर्याउनु भएको थियो ।

यसैगरी, कार्यक्रममा नगद २ लाख रुपैयाँको स्वेच्छिक अवकास सम्मान कर्मचारी दुर्गा पौडेललाई प्रदान गरियो । उत्कृष्ट सेवाकेन्द्र प्रमुखहरुमा झापा जिल्ला कार्यक्षेत्रबाट अञ्जु प्रधान, इलाम जिल्ला कार्यक्षेत्रबाट तीर्थराज सुवेदी र मोरङ्ग जिल्ला कार्यक्षेत्रबाट मोहन घिमिरेलाई नगद २० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरियो ।

उत्कृष्ट बचतकर्ता सम्मान शनिश्चरे रोड सेवाकेन्द्रका मित्र घिमिरेलाई नगद ५ हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरियो । सम्मानित तथा पुरस्कृत कर्मचारी र बचतकर्ताहरुलाई प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख प्रसाई, संस्थाका अध्यक्ष भट्टराई, संस्थाका कार्यकारी प्रमुख बस्नेतले नगदसहित सम्मान पत्र प्रदान गर्दै खादा पहिर्याएका थिए ।

संस्थाका अध्यक्ष सुवास भट्टराईले कार्यक्रमको अध्यक्षता गदैं सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ५५ जना शेयर सदस्यहरुको २० लाख ५० हजार शेयर पूँजीबाट विसं २०६७ साल चैत ३ गतेदेखि कारोवार शुरु गरेको यो संस्थाले १३ बर्षको छोटो अवधिमा ५९ हजार २ सय ६३ जना अधिकांश विपन्न परिवारका शेयर सदस्यहरुलाई प्रत्यक्ष आर्थिक कारोवारमा सहभागी गराई आर्थिक तथा सामाजिक स्तरमा सदस्यहरुको पहुँच स्थापित गर्न संस्था सफल भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा वासलात बृद्घि दर ११ दशमलव ६४ प्रतिशत रहेको अध्यक्ष भट्टराईले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । संस्थाको कारोेवार तथा शेयर सदस्य सेवालाई मध्यनजर गदैं आर्थिक वर्ष २०७८-२०७९ मा ४८ वटा सेवाकेन्द्रहरु स्वीकृत प्राप्त भई आएकोमा आर्थिक वर्ष २०७९-२०८० मा थप २ वटा सेवाकेन्द्रहरु विस्तार गरी जम्मा ५० वटा सेवाकेन्द्र मार्फत सेवा प्रदान गरिदैं आएको प्रतिवेदन मार्फत जनाईएको छ । ८ वटा सेवा केन्द्र मार्फत विपन्न परिवारका महिलाहरुको आर्थिक विकासलाईलक्षित गदैं लघुवित्त कार्यक्रम समेत सञ्चालनमा ल्याईरहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईले अहिले सहकारीक्षेत्रलाई विभिन्न कोणबाट आक्रमण भईरहेकोभन्दैं चिन्ता व्यक्त गरिन् । उनले सहकारीबाट लिईएको कर्जाका बारेमा विभिन्न व्यक्तिहरुले अनर्गल प्रचार गदैं कर्जा तिर्न पर्दैन भन्दैं नानाथरीका प्रचार गरिहेको र त्यसप्रति स्थानीय सरकारको ध्यानाकर्षण भएको स्पष्ट पारेकी थिइन् ।

सहकारीमा बचत गरेको रकम सर्वसाधारणको भएकाले सरकारी धराशायी भए त्यस्ता बचतकर्ताको रकम समेत जोखिममा पर्ने भएकाले त्यसतर्फ गम्भीर बन्न सहकारी सञ्चालकलाई आग्रह गरेकी थिइन् । हरेक सहकारी सहकारीका मुल्य मान्यता र सिद्घान्तमा अघि बढ्नु पर्नेमा उनको जोड थियो । देशको अर्थतन्त्रमा सहरकारीले पुर्याएको योगदान कसैले भुल्न नहुने उनले स्पष्ट पारेकी थिइन् । संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वागत तथा जोखिम विभागका अधिकृत प्रेम (विजय) ले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सहकारी संघका सञ्चालक सदस्य केशव बस्नेत लगायतले बालेका थिए ।

उनीहरुले सहकारीका शेयर सदस्य र कर्मचारीबीचको सम्बन्ध सधैभरी नङ् र मासु जस्तो हुनुपर्ने बताए । कुनै एकजना व्यक्तिको क्षणभरको नकरात्मक निर्णयले संस्था धराशायी बन्ने भएकाले संस्था हाक्ने जिम्मा कर्मचारीको भएको स्पष्ट पारेका थिए ।

प्रकाशित मिति : आश्विन २१, २०८० आईतबार  ९ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]