जेष्ठ ६, २०८१ आईतबार

सहाराद्वारा १ करोड १६ लाख ६६ हजार सुरक्षा भत्ता वितरणको तयारी

बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सामाजिक सुरक्षा नियमित कार्यक्रम अन्तरगत चाडपर्वलाई मध्यनजर गर्दै यस वर्ष एक हजार २४२ जनालाई रकम बितरण गर्ने भएको छ ।

देशकै सवैभन्दा ठूलो सहकारीका रुपमा झापाको बिर्तामोड-२ चारपानेमा मुख्य कार्यालय रहेको संस्थाले २७ औं बार्षिक साधारणसभाका अवसरमा सामाजिक सुरक्षा नियमित कार्यक्रम अन्तरगत १ करोड १६ लाख ६६ हजार रुपैयाँ वितरण गर्ने भएको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।

कार्यकारी प्रमुख गिरीका अनुसार ८१५ जना एकल महिलालाई जनही ८ हजारका दरले ६५ लाख २० हजार, पोषण भत्ता अन्तरगत ६५ बर्षमाथिका २४३ जनालाई जनही ६ हजारका दरले १४ लाख ४८ हजार, जेष्ठ नागरिक सम्मान अन्तरगत ७० बर्ष माथिका १२८ जनालाई जनही ८ हजारका दरले १० लाख २४ हजार, बृद्धबृद्धा सम्मान अन्तरगत ८१ बर्ष माथिका १० जनालाई जनही १० हजारका दरले १ लाख रुपैयाँ वितरण गरिनेछ ।

त्यस्तै दीर्घायु भत्ता ८६ बर्ष माथिका ५ जनालाई जनही २५ हजारका दरले १ लाख २५ हजार, एकल पुरुष ५८ बर्षमाथिका १४ जनालाई जनही ६ हजारका दरले ८४ हजार, असक्त तथा अपाङ्ग भत्ता १२ जनालाई जनही १० हजारका दरले १ लाख २० हजार र परिवार राहत अन्तरगत १५ जनालाई २२ लाख ३५ हजार रुपैयाँ वितरण गरिने कार्यकारी प्रमुख गिरीले बताए ।

झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर जिल्लासहित छ वटा जिल्लाका ८० वटा सेवा केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको सहारा नेपाल साकोसले प्रत्येक बर्ष सामाजिक सुरक्षा अन्तरगत सदस्यहरुलाई रकम वितरण गर्दै आएको छ ।

संस्थाले आइतवारदेखि २७ औं बार्षिक साधारणसभाको एकाईगत साधारणसभा शुरु गरेको छ । साकोसको शनिश्चरे सेवाकेन्द्रले अर्जुनधारामा एकाईगत साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाका सञ्चालक सदस्य भीमबहादुर खवासको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका उपमेयर खड्गमाँया पराजुलीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन सञ्चालक सदस्य खवासले प्रस्तुत गरेका थिए ।

संस्थाको लेखा सुपरिबेक्षण समितिकाृ प्रतिवेद संस्थाका लेखासमिति सदस्य पशर्सराम कठेतले प्रस्तुत गरेका थिए । संस्थाको नीति तथा कार्यक्रम काँशीनाथ नेपालले प्रस्तुत गरेको कार्यक्रममा लेखा परीक्षण तथा लेखा सुपरिवेक्षण प्रतिवेदन संस्थाका बिर्तामोड अनुगमन अधिकृत घनश्याम रायले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा–७ का वडाअध्य क्षगोबिन्द प्रसाद खतिवडाको बिषेशआतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शनिश्चरे सेवाकेन्द्र सहयोग उपसमिति संयोजक छबिलाल शिवाकोटीले गरेका थिए ।

संस्थाले सामाजिक सुरक्षा नियमित कार्यक्रम अन्तरगतको रकम चाडवाडलाई मध्यनजर गर्दै एकाईगत साधारणसभाबाट वितरण गरेको छ ।

संस्थाले शनिश्चरे, खुदुनावारी र दानावारी सेवाकेन्द्रका सेयर सदस्यको उपस्थिती भएको कार्यक्रममा ७ लाख ८४ हजार रुपैया बितरण गरेको छ । एकाल महीला भत्ता ५४ जानालाई चार लाख ३२ हजार , एकल पुरुष भत्ता २ जनालाई १२ हजार , जेष्ठ पोषण भत्ता ५ जनालाई ३० हजार, अशक्ता भत्ता १ जनालाई १० हजार र परिवार राहात १ जनालाई ३ लाख बितरण गरिएको शनिश्चरे सेवाकेन्द्रका प्रमुख दिपक ओलीले बताए ।

प्रकाशित मिति : आश्विन २२, २०८० सोमबार  ८ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]