बैशाख २०, २०८१ बिहीबार

दोषीलाई सिक्रीले होइन, प्रमाणले बाधौ – महान्यायाधिवक्ता खरेल

भद्रपुर । महान्यायाधिवक्ता अग्नि खरेलले झापाका जनप्रतिनिधिलाई मान्छे पक्राउ परेपछि छुटाउन भन्दा सत्यतथ्य थाहा पाउनतर्फ लाग्न आग्रह गर्नु भएको छ ।

झापा जिल्ला सरकारी वकिलको कार्यालय उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले दोषी छुटाउने पक्षमा नलाग्न आग्रह गर्नु भएको हो । ‘कानुनभन्दामाथि कोही छैन, सबैभन्दा माथि कानुछ’ उहाँले भन्नुभयो, ‘ठुला पनि कानुनको फन्दामा छन्, पछिल्लो समयलाई हेरे हुन्छ ।’ पछिल्लो समय थुनामा रहेका सभामुख, सांसद लगायतप्रति उहाँको भनाई लक्षित थियो ।
पत्रकारले समाचार लेख्ता मुद्धा प्रभावित भएको तर्क गर्दै महान्यायाधिवक्ता खरेलले प्रमाण नष्ट गर्न सक्ने अवस्था नभए बाहिरै छोडेर पनि अनुसन्धान गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबैलाई थुनामा राखेर मात्र अनुसन्धान हुनसक्छ भन्नु भ्रम हो, हामी दोषीलाई सिक्रीले होइन, प्रमाणले बाँध्न चाहन्छौं ।’

तीन करोड ७१ लाख ९० हजार रुपैयाँमा निर्मित २६ कोठे जिल्ला सरकारी वकिलको कार्यालय भवन उद्घाटनपछिको समारोहमा महान्यायाधिवक्ता खरेलले झापा लागू औषधको ट्रान्जिट रुट बन्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । यो अवस्थालाई बदल्न जनप्रतिनिधि लाग्नु पर्ने उहाँको तर्क थियो ।
प्रहरीले सबै मुद्धा चलाउनुपर्छ भन्ने लेखेर पठाउँदा सरकारी वकिलको कार्यालयमा अनावश्यक चाप बढेको उल्लेख गर्नुभयो । सो अवसरमा अर्को फरक प्रसंगमा उहाँले छाउपडी प्रथा र विभद अन्त्यका लागि अपराध संहिताको दफा १६८ कार्यान्वयन गराएर छाड्ने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘छाउपडीमा पठाउने र जाने दुबैलाई कार्वाही हुन्छ । जाहेरी परेन भनेर अपराध भएको टुलुटुलु हेरेर बस्न सकिन्न ।’
उहाँले मंसिर १ गतेदेखि समुदायमा सरकारी वकिल अभियान सञ्चालन भइरहेको जानकारी दिँदै सबै प्रकारका विभेदविरुद्ध सक्रिय हुने बताउनुभयो ।
वरिष्ठ मुख्यन्यायाधिवक्ता खगराज पौडेललको अध्यक्षतामा भएको समारोहमा प्रदेश सांसद पूर्णसिंह राजवंशी, जिल्ला न्यायाधीश युवराज गौतम, जिल्ला समन्य समितिका प्रमुख सोमनाथ पोर्तेल, झापा वारका अध्यक्ष लेखनाथ निरौला, भद्रपुरका मेयर जीवन श्रेष्ठ, विर्तामोडका मेयर धुब्र सिवाकोटी, प्रमुख जिल्ला अधिकारी उदय राना मगर लगायतका वक्ताले भौतिक संरचना निर्माणसँगै सेवा प्रभावकारी बन्नुपर्ने धारणा गर्नुभयो

प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार  ११ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]