जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडका पम्प सञ्चालकलाई तीन दिनभित्र नगरमा हाजिर हुन निर्देशन

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आज पेट्रोल पम्पहरुको अनुगमन गरेको छ । नगर उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा बजार क्षेत्रमा रहेका पम्पहरुको अनुगमन गरिएको हो ।

अनगमनका क्रममा अधिकांस पम्पहरुमा रहेका सार्वजनिक शौचालयहरु फोहोर रहेको पाईएको छ । सफा नगरिएको, पानीको व्यवस्थापन नभएको, पानी जमेको लगायतका समस्या रहेको भेटियो ।

नगरमा व्यवसाय नविकरण नगरेको, मूल्यसुची सबैले देख्ने ठाउँमा नराखेको, मूल्य सुची परिवर्तन नगरेको, नागरिकले देख्ने गरी सार्वजनिक शौचालय लेखेको स्पष्ट वोर्ड नराखेको, अग्नी नियन्त्रक सामग्रीको म्याद गुज्रिएको लगायतका समस्या पम्पहरुमा फेला परेको नगर उपप्रमुख संग्रौलाले जानकारी दिए । समस्या देखिएका पम्पहरुलाई ३ दिनभित्र आवश्यक कागजपत्र सहित नगरपालिकामा हाजिर हुन निर्देशन दिएको उपप्रमुख संग्रौलाले जानकारी दिए ।

अनुगमन टोलीले देखिएका समस्या समाधानका लागि सबै पम्प सन्चालकहरुलाई सुझाब दिएको छ । बसपार्क देखि चारपानेसम्म रहेका पेट्रोल पम्पहरुको अनुगमन गरिएको हो ।

अनुगमनमा उपप्रमुख संग्रौला, वडाअध्यक्षहरु अग्निप्रसाद पाण्डे, किशोर पौडेल, राहुल शर्मा, रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, नगरपालिकाका राजश्व शाखा प्रमुख पदम घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिव राजु गौतम, वडा सदस्य चेतन बिमली, कर्मचारीहरु शम्भु साह, दिपेश गणेश लगायत प्रहरी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : आश्विन २६, २०८० शुक्रबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]