जेष्ठ ५, २०८२ आईतबार

प्रगतिशील प्यानललाई मतदान गर्न झापाका बुद्धिजीवी र समाजसेवीको आग्रह

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा संयुक्त प्रगतिशील प्यानललाई मदान गर्न जिल्लामा बुद्धिजीवी, समाजसेवीले अपील गरेका छन् ।
विर्तामोडमा विगतका कार्यसमितिले उल्लेख्य काम गर्न नसकेको भन्दै नयाँ नेतृत्व स्थापित गर्न आग्रह गरेका हुन् । हालसम्म खानेपानीको धारा जोड्ने गरी पाइपलाइन समेत विस्तार गर्न नसकेको र पानीको गुणस्तर अझै बढाउनु पर्ने भएकाले प्रगतिशीललाई विजयी गराउन आग्रह गरेका छन् ।

उमानाथ ओली, पूर्व प्रमुख मेची बहुमुखी क्याम्पस, मोहन शिवाकोटी, प्रमुख अनारमनी पव्लिक क्याम्पस, गणेश ढकाल, अध्यक्ष जिल्ला सहकारी संघ झापा, याम खड्का, पूर्व अध्यक्ष वीरता जेसीज, मनोज उप्रेती, केन्द्रीय उपाध्यक्ष नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ, छविलाल खतिवडा, केन्द्रीय सदस्य गैरसरकारी संस्था महासंघ, नारायण पोखरेल, अध्यक्ष गैरसरकारी संस्था महासंघ विर्तामोड, उमेश डालमिया, समाजसेवी, हनुमान मित्तल, अध्यक्ष अग्रशेन भवन, डिल्लीराम सिटौला, पूर्व अध्यक्ष सहारा नेपाल , रुद्र सिटौला, पूर्व अध्यक्ष गैरसरकारी संस्था महासंघ, हरि गौतम, अध्यक्ष गैरसरकारी संस्था महासंघ झापा, शिरो सान्दाइ, निवृत्त एसोशियट प्रोफेसर, मनोज प्रसाई, समाजसेवी, संगिता रौनियार, महिला अधिकारकर्मी, पुकारचन्द्र राजवंशी, आदिवाशी अभियान्ता, गोपाल लकान्द्री, दलित अधिकारकर्मी, तेजबहादुर कन्दङ्वा, समाजसेवी, अनुप राजवंशी, समाजसेवी, देवराज तामाङ, समाजसेवी, रुपन चाम्लिङ, समाजसेवी, नरेश खाती, दलितअधिकारकर्मी लगायतले प्रगतिशील प्यानललाई मतदान गर्न आग्रह गरेका छन् ।

उनीहरुले खानेपानीको सर्वाङ्गीण विकास र सहज पहुँचका लागि ज्ञानुराम प्रसाईंको नेतृत्वमा रहेको संयुक्त प्रगतिशील प्यानललाई मतदान गरिदिन आम मतदातालाई आग्रह गरेका हुन् ।

प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]