बैशाख १४, २०८१ शुक्रबार

सुरुङामा बन्दैछ रकेट, मिसाइल र रोवर्ट

सिएम शर्मा , कनकाई । सल्यान जिल्ला सारदा नगरपालिका वाड नं. २ खलंगा मेलघारीका १६ वर्षीय विजय राना यतिबेला झापाको कनकाई नगरपालिका– ३ सुरुङ्गामा सुमन र बसन्त थपलियाको सहारामा बसिरहेका छन् ।

विजयका जन्मदाता सल्यानका मंगले राना र कमला विष्ट राना भएता पनि कर्म दाता भने झापाका थपलिया दाजुभाई बनेका छन, यतिबेला । सानै उमेरबाट सामान्य बालबालिकामा देखिने भन्दा फरक क्षमतामा देखिएका विजय राना एक निम्न वर्गीय परिवारका सदस्य हुन् । क्षमता हुँदाहुँदै पनि आर्थिक अभावका कारण त्यो क्षमतालाई बाहिर ल्याउन धेरै संघर्ष गर्नु परेको बताउँछन्, उनी ।

सल्यानमा रहँदा सोलार जडानको काम गर्दै त्यसबाट आएको थोरै पारिश्रमिकले पढ्दै र नयाँ–नयाँ अविस्कारको अभ्यास गर्दै जाँदा विजयले सानो जहाज नै बनाउन सफल भए । त्यसैगरी परिश्रम गरी थोरै रकम बचत गर्दै निरन्तर अभ्यासमा रहँदै जाँदा पानी जहाज , सानो बम , रिमोट बत्ती र विन्टु स्टिम समेत बनाउन सफल भए । तर यसको संरक्षण र सहयोग कतैबाट पनि भएन । उनको क्षमताको सम्बोधन समेत कतैबाट हुन सकेन । बरु पागलको सज्ञा पाए, उनले । गरिब भएको कारण नयाँ नयाँ अविस्कार गर्ने क्षमता भए पनि गर्न नसकेको उनी बताउँछन् ।

घाँस दाउरा र गोठाले जीवन यापन गर्दै आएका विजयलाई घरबाट पनि कुनै सहयोग हुन सकेन । बरु उसलाई वैदेशिक रोजगारीमा पठाउने कुरा चल्न थाल्यो । तर विजय यहि बसेर केही गर्न चहान्थे र अवसरको खोजीमा थिए ।

जब युटुब मार्फत यस्तो क्षमतावान बालकलाई स्थानीयले बेवास्ता गरेको , अति दुखका साथ घाँस दाउरामा जीवन बिताउनु परेको , सरकारले पनि बेवास्ता गरिरहेको जानकारी पाएपछि यस्ता ब्यक्तिको खाचो देशलाई छ भन्ने ठानेर विजयको खोजी गरी उसको परिवारको सहमतिमा नै गाँस , बाँस , कपास , शिक्षा र स्वास्थ्यको सम्पुर्ण जिम्मेवारी लिएर झापा ल्याएको बताउँछन् सुमन र बसन्त ।

अहिले कनकाई माध्यमिक बिद्यालय सुरुङ्गामा अध्यनरत राना भन्छन् मैले थपलिया दाजुभाइको दर्विलो साथ पाएको छु । उहाँहरु मेरा साक्षत भगवान हुनुहुन्छ ।

विजयले झापा आएपछि हातखुट्टा चलाउन सक्ने , नेपाली र अंग्रेजी दुवै भाषामा कुरा गर्न सक्ने , फायरिङ समेत गर्न सक्ने रोबर्ट अविस्कार गरिसकेका छन् भने सो रोबर्टलाई हिड्न सक्ने बनाउन प्रयासरत छन । त्यसैगरी मिसाइल , रकेट बम , सकेट बम , बिभन्न किसिमका अन्य बमहरु , इन्जिनबाट चल्ने ५ जना क्षमताको पानी जहाज , ३५ किलो क्षमताको रिमोट पानी जहाज लगायतको सफल परिक्षण समेत गरिसकेका छन् ।

जसको लागि श्रोत साधनको ब्यवस्थापन थपलिया दाजुभाइले नै गर्दै आएका छन् । यसको लागि १० लाख माथि खर्च भई सकेको छ भने कनकाई नगरपालिकाबाट १ लाख ५० हजार सहयोग प्राप्त भएको छ ।

सुमन र बसन्त भन्छन्, अब विजय खतरनाक भई सकेको छ , देशको सिमाना मिचिइ रहेको बेला उसले मिसाइल , रकेट लन्चर , बम साथै फायरिङ समेत गर्न सक्ने रोबर्टको समेत सफल परिक्षण गरिसकेको छ । यस्तो प्रतिभाको राज्यले संरक्षण गरि सिमा सुरक्षा र देश विकासको क्षेत्रमा लगाउन आवाश्यक छ । हामीसँग भएको सिमित श्रोत साधनले त्यो सबै सम्भव छैन । हामीले ओझेलमा परेका प्रतिभालाई सक्दो सहयोग गरेर बाटो सम्म देखाएका छौ । अब विजय र विजय जस्ता क्षमतावान प्रतिभाको खोजी गरि तिनको जिम्मा सरकारले लिर्ने संरक्षक बताउँछन् ।

प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार  ७ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]