बैशाख २५, २०८२ बिहीबार

सागको भब्य समापन,१३ औं साग ऐतिहासिक

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन जस्तै समापन समारोह पनि भव्य भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कला र विद्यार्थीको नाचसँगै ‘ड्रोन लाइट’ ले समापन समारोहलाई थप झकिझकाउ बनायो ।

१ सय ५० वटा ‘ड्रोन लाइट’ प्रयोग गरेर बुद्ध, नेपालको नक्सा र झण्डा, मन्दिरजस्ता आकृतिहरु बनाइएको थियो ।

आतिसबाजीसँगै ड्रोनको प्रयोगले नयाँ र आकर्षक कलाकृति प्रदर्शन गर्न सकिन्छ । यसलाई सफ्टवेयरबाट नियन्त्रण गरिने भएकोले ड्रोन प्रयोग गर्न सजिलो हुने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : मंसिर २५, २०७६ बुधबार  ७ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]