जेष्ठ ५, २०८२ आईतबार

बिर्तामोड खानेपानीको मतगणना शुरु

बिर्तामोड । साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हिजो सम्पन्न निर्वाचनको मतगणना शुरु भएको छ । बिहान १०:३० बाट मत गणना शुरु भएको हो । निर्वाचनमा २८ सय १३ मत खसेको थियो ।
बिर्तामोड खानेपानीमा नेतृत्वका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस चुनावी मैदानमा उत्रिएका छन् । त्यसमा नेकपाको तर्फबाट ज्ञानुराम प्रसाई र कांग्रेसबाट जलकुमार गुरुङको नेतृत्वमा दुई प्यानल निर्वाचनमा होमिएको हो ।

संस्थाको नयाँ कार्य समितिका लागि भएको मतदानमा ७५.६८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । कुल मतदाता संख्या ३ हजार ७ सय १३ रहेकोमा जम्मा २ हजार ८ सय १३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
मत गणना खानेपानी कै कार्यालयमा गणना भइरहेको छ । सबैले आफ्नो–आफ्नो अड्कल काटेपनि मत परिणाम सार्वजनिक नभइञ्जेक यसै भन्न सकिने अवस्था छैन । त्यसका लागि अन्तिम समयसम्म धैर्य गर्नुपर्नेछ ।

प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार  ११ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]