बैशाख ६, २०८१ बिहीबार

विकासलाई अर्जुनधारामा सम्मान

अर्जुनधारा । हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को फाइनलिष्टमा पर्न झापा अर्जुनधाराका बिकास लिम्बुलाई अर्जुनधारा नगरपालिकाले स्वागत र सम्मान गरेको छ ।

अर्जुनधारा –१ मा स्थायी घर भएका ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप ४ मा पर्न सफल उनलाई बिहीबार नगरको सभाहलमा आयोजित एक कार्यक्रमका बिच सम्मान गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा नगरको भाषा, कला, साहित्य र संस्कृतिक प्रवद्र्धन समितिका संयोजक सुशिला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख हरिकुमार राना रहेका थिए । कार्यक्रममा नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार  ६ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]