बैशाख १४, २०८१ शुक्रबार

‘नेविसंघलाई लतारेर स्ववियु निर्वाचनमा ल्याउँछौं’

बिर्तामोड । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले नेविसंघलाई लतारेर स्ववियु निर्वाचनमा सहभागी गराउने बताएका छन् । आज सुरुङामा आयोजित शहिद लक्ष्मी पाण्डेको स्मृति सभामा सम्बोधन गर्दै तामाङले यहि वर्षभित्र स्ववियुको निर्वाचन गर्ने भन्दै निर्वाचनमा अवरोध गर्नेलाई पनि नथ्थी लगाइने चेतावनी दिए ।

कनकाई बहुमुखी क्याम्पस सुरुङाको प्राङ्गणमा आयोजित स्मृति सभामा बोल्दै तामाङले स्ववियु निर्वाचन गर्न आवश्यक रहेको बताएका हुन् । नेविसंघको कारण गतवर्ष निर्वाचन हुन सकेन, यो वर्ष कुनै हालतमा निर्वाचन गरेरै छोड्ने उनको भनाई छ । सहसंयोजक तामाङले शहिदले बगाएको रगत खेह्र जान नदिने उद्घोष गर्दै नेपाली शैक्षिक क्षेत्रमा तमाम सुधारका लागि अनेरास्ववियु क्रियाशिल रहेको बताए ।

शिक्षा क्षेत्रको सुधारसँगै ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा लाग्न उनले विधार्थीलाई आग्रह समेत गरेका छन् । सँगै भ्रमण वर्ष २०२० सफल बनाउन आम विधार्थीको भूमिका हुने भएकाले त्यसमा जुट्न तामाङले अपिल गरेका छन् । सोहि कार्यक्रममा शहिद पाण्डेको आमा मायादेवी पाण्डे र भ्वाइस अफ नेपालको फाइनलमा पुग्ने अर्जुनधाराका विकास लिम्बुलाई सम्मान गरिएको छ ।

अनेरास्ववियु झापाले आयोजना गरेको कार्यक्रममा नेकपाका युवा नेता शिव ढुङ्गेल, प्रतिनिधि सभा सांसद् एलपी साँवा लिम्बू र प्रदेश सांसद् हिरा थापा लगायतले सम्बोधन गरेको विधार्थी नेता मनोज ताम्लीले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार  ३ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]