जेष्ठ ४, २०८१ शुक्रबार

झापा कारागार बस्न अयोग्य

प्रदेश १ का अन्य जिल्लाभन्दा धेरै कैदी झापामै

बिर्तामोड । ०७२ सालको भूकम्पअघि नै झापा कारागार बस्न अयोग्य भएको प्रतिवेदन सार्वजनिक भएको थियो । कारागार प्रशासनलाई शहरी विकास तथा भवन कार्यालयले ४ वर्षअघि जोखिमपूर्ण भएकाले बस्न नमिल्ने भन्दै प्रतिवेदन बुझाएको थियो । तर, त्यहि कारागारमा अहिले क्षमताभन्दा तेब्बर कैदी वन्दी बस्दै आएका छन् ।

भद्रपुर –९ मा २०२० सालमा निर्माण भएको झापा जिल्ला कारागारको क्षमता ३ सय ५० मात्र हो । झापा कारागारमा अहिले ११ सय ५४ कैदी सजाय भुक्तान गरिरहेका छन् । यो तथ्याङक शुक्रवार बिहानसम्मको हो । क्षमताभन्दा तेब्बर कैदी बसिरहेको झापा कारागारको जग्गा ४ कठ्ठा मात्र हो । १ विगाह क्षेत्रफलमा निर्माण भएको कारागारमा कैदीले राम्रोसँग निदाउन समेत नपाइरहेको गुनासो आइरहेको छ ।

प्रदेश १ को जिल्ला कारागारमध्ये सबैभन्दा धेरै कैदी पनि झापामै रहेको कारागार विभागको तथ्याङकमा उल्लेख छ । कात्तिक मसान्तसम्म झापामा ११ सय ८ कैदी थिए । त्यो संख्या बढेर ११ सय ५४ पुगेको छ । कात्तिक मसान्तसम्मकै तथ्याङक अनुसार झापामा ५ जना आश्रित र १ सय ११ जना विदेशी कैदी वन्दी सजाय भुक्तान गरिरहेका छन् ।

ताप्लेजुङमा १३२, पाँचथर १५३, इलाम २६०, संखुवासभा १०९, तेह्रथुम ८५, भोजपुर ११३, धनकुटा ६०, मोरङ ८८७, सोलुखुम्बु ६८, ओखलढुङा ६४, खोटाङ ११७ र उदयपुरमा २०० कैदीबन्दी रहेको कात्तिक अन्तिममा कारागार विभागलाई बुझाएको विवरण छ । क्षत्रीय कारागार झुम्का एवम् जिल्ला कारागार सुनसरीमा १७ सय ३९ कैदी बन्दी रहेको तथ्याङक पाइएको छ । विवरण अनुसार जिल्लामध्ये झापाको संख्या उच्च छ ।

५६ वर्ष पुरानो झापा कारागारको अवस्था दयनीय रहेको राज्य संयन्त्रको माथिल्लो तहसम्म जानकारी रहेको महान्यायाधिवक्ता अग्नि खरेलले बताएका छन् । उनले झापा कारागार व्यवस्थापनका लागि आफ्नो ठाउँबाट सम्बन्धि निकायलाई जानकारी दिएको उनको भनाई छ ।

उनले झापा कारागारमा कुनै पनि बेला दुर्घटना हुने र दुर्घटना भएपनि अन्यथा मान्न नहुने एक कार्यक्रममा प्रतिक्रिया दिएका थिए । तत्काल कारागारको अवस्था दयनीय रहेकोले त्यसको व्यवस्थापनका बारेमा कुराकानी भइरहेको बताए ।

प्रकाशित मिति : मंसिर २८, २०७६ शनिबार  १० : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]