बैशाख २८, २०८१ शुक्रबार

अर्जुनधारामा किराँत राई यायोख्खाको देउसीभैलोसहित नृत्य प्रस्तुत

शनिश्चरे । किराँत राई यायोक्खा अर्जुनधारा नगर समितिले शुभ दिपावलीको अवसर पारेर शुभकामना आदानप्रदान तथा देउसीभैलोसहित नृत्य प्रस्तुत गरेको छ ।

यायोक्खा नगरसमितिले शनिबार अर्जुनधारा नगरपालिका –९ झिलस्थित किराँत राईहरुको धार्मिक साकेला थानमा रमाइलो भेटघाट गर्दै शुभकामना आदानप्रदान तथा देउसीभैलो सम्बन्धी नृत्य प्रस्तुत गरेको हो । यायोक्खाको कार्यक्रम अनुसार कार्तिक २७ र २८ गते किराँत राईहरुको मौलिक भाषा, संस्कृति झल्किने किसिमको टोलटोलमा सामूहिक देउसीभैलो आयोजना गरिने सचिव सिंह बहादुर चाम्लिङ राईले जानकारी दिए ।

किराँत राई यायोक्खा नगरसमितिका अध्यक्ष बिजय साम्पाङ राईको सभापतित्व रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिका–११ सालबारी (हाल अमेरिका निवासी) मनोज बान्तवा राईले यायोक्खाको भवन निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता गरे । कार्यक्रममा सल्लाहकार क्याप्टेन शिवकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : कार्तिक २६, २०८० आईतबार  ७ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]