भद्रपुर रोडको निर्माण फाष्ट ट्रयाकमा

पेटी कन्ट्राक्टबाट राजकिशोर गुप्तालाई हटाएपछि बिर्तामाड–भद्रपुर सडक खण्ड फाष्ट ट्रयाकमा निर्माण भइहरेको छ । आशिष–प्रेरा जेभीले गुप्तालाई हटाएर आफै काम थालेपछि निर्माणले गति पाएको हो ।
दुई सातादेखि स्थानीय कञ्चन निर्माण सेवाको निगरानीमा निर्माण भइरहेको सडक निर्माणको काम दिनरात नै भइरहेको छ । निर्माण सुस्त भएपछि प्रभावित भएको बिर्तामोडले क्षेत्र अहिले नयाँ रुप पाउने निश्चित भएको हो । शुक्रवार साँझसम्म सडक मै काम गरिरहेका श्रमिकले निर्माण कम्पनीको भावना अनुरुप काम गरिरहेको पाइरहेको छ ।
पेटीमा अकैर्लाई काम दिएको आशिष –प्रेरा जेभीले स्थानीयबासीको चकोर् दवाव भएपछि सम्झौता रद्द गरेको काम थालेको छ । २७ करोडमा ठेक्का पाएको जेभीले काम सम्पन्न गर्न अब तिन हप्ता बाँकी छ ।