बैशाख २३, २०८१ आईतबार

मोटरसाइकल दुर्घटनामा शाहको मृत्यू

बिर्तामोड । सवारी दुर्घटनामा परेर संजय टेन्ट हाउसका सञ्चालक संजय शाहको मृत्यू भएको छ । लक्ष्मीपुर– घैलाडुब्बा सडक खण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी शाहको मृत्यू भएको जिल्ला ट्राफिक कार्यालय झापाले जनाएको छ ।

राति ११ बजे उत्तरबाट दक्षिणतर्फ जादैं गरेको प्रदेश २-०३-०१५ प ४०७८ नं को मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकल चालक कन्काई ९ घैलाडुब्बाका अन्दाजी ४० वर्षीय शाह घाइते भएका थिए ।
दुर्घटना लगत्तै उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल लगिएको थियो । हस्पिटल पुर्याउनासाथ मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २८, २०८० मंगलबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]