बैशाख २८, २०८१ शुक्रबार

देउसीभैलो समापनसँगै नव युवा क्वलद्वारा सम्मान

शनिश्चरे । अर्जुनधारा नगरपालिका ४ र ७ संयुक्त नव युवा क्लबले शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना सहित सामुहिक देउसीभैलो एवं साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबद्वारा एकता चोकस्थित सामुदायिक भवनमा आयोजित कार्यक्रम चाडपर्व मनाउने हाम्रो पहिचान, कला , संस्कृति जोगाउने हाम्रो अभियान भन्ने नाराका साथ सम्पन्न गरिएको हो । अर्जुनधारा नगरपालिकाकी उप – प्रमुख खड्गमाया पराजुलीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा आयोजक क्लबका कलाकारहरु रिद्धिमा मैनाली, निसा खड्का, आरती शाह र खुसी थापाले देउसी–भैलो सम्बन्धी स्वागत नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै सिर्जना बाल युवा क्लबका कलाकारहरु जमुना चौधरी र साथीहरूले मनोरञ्जनात्मक २ वटा नृत्य प्रस्तुत गरेका थिए भने डि. वल्र्ड एण्ड डान्स कम्पनी खुदुनाबारीका कलाकारहरु मनी कुमार शंकर र साथीहरूले रमाइलो नृत्य प्रस्तुत गरेका थिए ।

सोही अवसरमा स्थापनाकालदेखि क्लबको हरेक कार्यमा सहयोग पु¥याउँदै आएका तुलसी श्रेष्ठलाई सम्मान –पत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरी आजीवन सदस्य प्रेम राई, दिपक चापागाईं, सुरेश बिष्ट र एसईई उत्कृष्ट विद्यार्थी बिना खड्कालाई सम्मान गरिएको थियोे ।

क्लबका अध्यक्ष देवेन्द्र मैनालीको सभापतित्व र सदस्य मान बहादुर बुढाथोकीको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि पराजुली , विशिष्ट अतिथि अर्जुनधारा नगरपालिका – ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडा, सल्लाहकार सदस्य भोला परियार, सचिव पूर्ण बहादुर भुजेल (दिनेश) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

देउसीभैलो तथा साँस्कृतिक कार्यक्रममा ५० हजार रुपैयाँ भन्दा बढी सहयोग संकलन गरिएको अध्यक्ष मैनालीले जानकारी दिए । बिगत ९ बर्षअघि देखि क्लबले शुभकामना सहित सामुहिक देउसीभैलो तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति : मंसिर १, २०८० शुक्रबार  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]