बैशाख २८, २०८१ शुक्रबार

अर्जुनधाराको नगर विकास योजना हस्तान्तरण

बिर्तामोड । अर्जुनधारा नगरपालिकाका लागि तयार पारिएको आवधिक नगर विकास योजना हस्तान्तरण गरिएको छ । अर्जुनधाराबासी हाल सभामुख देवराज घिमिरेको सचिवालयमा कार्यरत केशवराज ढुङ्गेलले तयार पारेको आवधिक नगर विकास योजना हस्तान्तरण गरिएको हो ।

आज नगरपालिकाको सभाहलमा भएको एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि देवराज घिमिरे तथा योजनाका सहजकर्ता ढुङ्गेलले उक्त पुस्तक नगर प्रमुख बलदेव सिंह गोम्देनलाई हस्तानतरण गरेका हुन् ।

अर्जुनधारा नगरले प्रत्येक वर्ष आवधिक योजनाका लागि बजेट बिनियोजन गर्दै आएको भए पनि काम हुन सकेको थिएन । ढुङ्गेलले नगरलाई निशुल्क उक्त आवधिक योजना प्रदान गरेका हुन् । उक्त योजनाका लागि नगरले छुट्याएको ४० लाख रुपैंया बजेट अन्य विकास निमार्णका काममा खर्चिन समेत सहजकर्ता ढुङ्गेलले नगरलाई आग्रह गरेका छन् । नगरबासी भएको हैसियतले सामाजिक उत्तरदायित्व बहन गर्दै आफुले योजना तयार पारेर नगरलाई प्रदान गरेको उनले बताए ।

अर्जुनधारा नगरपालिकाको परिकल्पना, लक्ष्य, उद्देश्यहरु, रणनीति र कार्यनीतिको निर्माण, पालिकाका सवल पक्षहरु, सुधार गर्नुपर्ने पक्षहरु, अवसरहरु र चुनौतीहरुको विश्लेषण, विषयगत समितिको नेतृत्वमा लक्ष्य, उद्देश्यहरु, रणनीति र कार्यनीतिहरुको निर्माण , विषयगत समितिहरुको सोच, लक्ष्य लगायतका बिषयवस्तु आवधिक योजनामा समेटिएको सहजकर्ता ढुङ्गेलको भनाई छ ।

साथै उनले अर्जुनधाराको भौतिक पूर्वाधारको विकासलाई व्यवस्थित गर्न, रोजगारीका अवसरहरु सृजना गर्न र कृषि पेसालाई सम्मानित पेशाको रुपमा रुपान्तरण गर्न बृहत, दीर्घकालिन र व्यवस्थित योजना तर्जुमाको खाँचो महशुस गरेर आफुले नगरलाई निःशुल्क तयार पारिदिएको बताए ।

उनले शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, खेलकुद, रोजगारी लगायतका बिषय योजनामा समेटेका छन् । त्यस्तै नगरप्रमुख गोम्देनले नगरले आवधिक योजनाका लागि छुट्याएको बजेटले शनिश्चरे बजारमा अत्याधुनिक सुविधा समपन्न शौचालय निमार्ण गरिएको बताए ।

प्रकाशित मिति : मंसिर ४, २०८० सोमबार  ९ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]