बैशाख २८, २०८१ शुक्रबार

झिल नजिकैको किराँतेश्वर मन्दिरमा चोरी

शनिश्चरे । अर्जुनधारा नगरपालिका –९ झिलस्थित किराँतेश्वर हाङसाम थेवा युमा माङहिमको मन्दिर भित्र रहेको नगदसहित सामान चोरी भएको छ ।

नमुना सामुदायिक वन उपभोक्ता समूहको कार्यालय क्षेत्रभित्र पर्ने सुखानी सहिद स्मृति पार्क अगाडि रहेको माङहिमको मन्दिरबाट गत कार्तिक २८ गते राति मन्दिरको दैलो फुटाएर एक हजार रुपैयाँ भन्दा बढी भेटी पैसा , केही पुराना सिक्का र १ थान शङ्ख चोरी भएको अस्थायी प्रहरी पोष्ट सहिद पार्कका प्रमुख (असई ) मुक्ति अधिकारीले जानकारी दिए ।
उनका अनुसार माङहिमको मन्दिरमा चोरी भएपछि मन्दिर समितिले चोरी भएको विवरण खुलाई आफ्नो कार्यालयमा निवेदन दिइसकेको हुँदा चोरीमा संलग्नको खोजी भइरहेको छ ।

प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार  ३ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]