बैशाख १७, २०८१ सोमबार

बिर्तामोड नगर अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा सुरु

बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ सेवा थप गरिएको छ । अस्पतालमा मंसिर ५ गतेदेखि यो सेवा सुरु गरिएको हो ।

शनिबार बाहेक हरेक दिन दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी दिए । उनले स्त्री तथा प्रसुती रोग सम्बन्धिका सबै रोगहरु विशेषज्ञ डा. शिवेश चौधरीले जाँच गर्ने बताए ।

नगर अस्पतालमा रेविज विरुद्वको भ्याक्सिन समेत उपलव्ध भएको छ । यो सेवा पनि शनिबार बाहेकका दिनमा उपलव्ध रहने मेसु डा. अधिकारीले जानकारी दिएका छन् ।

नगरपालिकाले आवश्यक पूर्वाधार थप गरि क्रमश सेवा विस्तार गरिरहेको छ । अस्पतालमा २४ सै घण्टा निशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवा, बालरोग विशेषज्ञ सेवा, मानसिक, नसा तथा टाउको रोग विशेषज्ञ सेवा, स्वास्थ्य वीमा सेवा लगायत यसअघि देखि नै सञ्चालनमा छ ।

यसैगरी सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधि सहितको प्रयोगशाला ल्याव, वच्चाहरुको नियमित खोप लगायतका सेवासमेत उपलब्ध छन् ।

नगरअस्पतालमा दैनिक ३ सय ५० जना भन्दा बढीले सेवा लिइरहेका छन् । अस्पतालमा २४ सै घण्टा इमरजेन्सी सेवा सञ्चालनको तयारी पनि भईरहेको छ । नगर अस्पताल सुविधा सम्पन्न हुँदै गएपछि सर्वसाधारणले निजी अस्पतालमा गएर महंगो मुल्यमा चेक जाँच तथा उपचार गराउनु पर्ने बाध्यता हट्दै गएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]