बैशाख ४, २०८१ मंगलबार

देशभरका सरकारी तथा सार्वजनिक जमिन सरकारको नाममा फिर्ता गर्छौ : मन्त्री अर्याल

सर्लाही- नेपाल सरकारले अनाधिकृत रुपमा व्यक्तिको नाममा दर्ता भएको करिब १९ बिघा जमिनको दर्ता खारेजी गरेको छ । मालपोत कार्यालय बरहथवा सर्लाहीमा अनाधिकृत व्यक्तिहरूले आफ्नो नाममा दर्ता गरेका जमिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दर्ता खारेजी गरी नेपाल सरकारको नाममा कायम गरेको हो ।

साविकमा नेपाल सरकारको नाममा दर्ता कायम भएको बरहथवा नगरपालिका अन्तर्गतका जग्गा विभिन्न व्यक्तिहरूले अनाधिकृत रुपमा आफ्नो नाममा बनाएको पाएपछि मन्त्रालयले जग्गा सरकारको नाममा फर्काउन पहल थालेको थियो ।

कित्ता नम्बर ७३ को चार विघा २ कट्ठा ३ धुर, कित्ता नम्कर १६८ को १३ कट्ठा, कित्ता नम्बर ३२८ को ७ विघा १४ कट्ठा, कित्ता नम्बर २१४ को ५ विघा १० कट्ठा, कित्ता नम्बर १४२ को १२ कट्ठा र कित्ता नम्बर १४३ को १ विघा १७ कट्ठा १० धुर गरी जम्मा १८ विघा १५ कट्ठा १३ धुर जमिन सरकारले ति व्यक्तिहरूको नामबाट दर्ता खारेज गरी सरकारको नाममा कायम गरेको हो ।

मालपोत ऐन, २०३४ को दफा २४९२० बमोजिम बदर गरी सरकारको नाममा जमिन कायम गरिएको भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्ण ज्ञवालीले जानकारी दिनुभयो ।

बरहथवा नगरपालिका अन्तर्गत साबिक गंगापुर सितापुरका ईनरदेव साह सुडी, हजरियाका जगदेब महतो, गंगापुर सितापुरका दिर्घमाया दर्लामी, तोतादेबी दर्लामी र शोभादेवी दर्लामीको नाममा उक्त सरकारी जग्गा जनधिकृत रुपमा दर्ता गरिएको थियो । त्यस्तो १३ कट्ठा जमिनको दोहोरो लगत कट्टा गरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उक्त जग्गा अनधिकृत व्यक्तिको नाममा भएको दर्ता खारेज गरी सरकारको नाममा दर्ता गरेको घोषणा गर्नुभएको हो । बरहथवामा आयोजीत भव्य समारोहका बीच मन्त्री अर्यालले उक्त घोषणा गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले अब कोही पनि जमिनबिना बस्नुपर्ने स्थिती नआउने बताउनुभयो । सरकारले अब चाँडै भूमिसम्बन्धी शक्तिशाली आयोग बनाएर सरकारी ताथा खालि रहेका जग्गाको व्यवस्थापन गर्दै लैजान लागेको मन्त्री अर्यालको भनाई थियो ।

आगामी माघ महिनासम्ममा शक्तिशाली भूमि आयोग बनाउने गरी काम अगाडी बढेको बताउनुभयो । ‘सरकारले लामो समय लगाएर भूमिसम्बन्धी कानुन बनाइसकेको छ, अब सरकार कार्यान्वयनको पक्षमा रहेकाले केही समय लाग्छ, आयोग बनिसकेपछि भूमिसम्बन्धी कुनै समस्या आउँदैन’, मन्त्री अर्यालले भन्नुभयो ।

मन्त्री अर्यालले देशभरका जग्गाको विवरण लिएर त्यो सरकारको नाममा फर्काउने अभियान थालिएको बताउनुभयो । यो हाम्रो शुरूआत हो । अब हजारौं विघाको संख्यामा सबै माफियाबाट जग्गा खोस्दैछौ । जग्गा दोहन गर्ने तत्वलाई निरूत्साहित गर्नेगरी अगाडी बढेका छौ । देशभर कति सरकारी, सार्वजनिक र गुठीका जग्गा कति दोहन भएका छन् त्यसको तथ्यहरू लिदैछौु, मन्त्री अर्यालले भन्नुभयो ।

सरकारले सरकारीरसार्वजनिक जग्गाको बारेमा अध्ययन गर्न शक्तिशाली आयोग बनाएर भर्खरै आयोगले प्रतिवेदन बुझाएको भन्दै उहाँले प्रतिवेदनमा झण्डै ४३ सय बिघा जमिन अतिक्रमण भएको र त्यो सरकारका नाममा फर्काउन भनिएको बताउनुभयो ।

मन्त्री अर्यालले अब सुकुम्बासीर अव्यवस्थित बसोबासीको समस्या यही सरकारले समाधान गर्ने र सम्पत्तिको मालिक बनाउने मन्त्री अर्यालले बताउनुभयो । ुअब शक्तिशाली आयोग तपाइहरूको दैलोमा आएर तपाइलाई पुर्जा दिलाउछ । आजसम्म दुख पाउनुभयो, अधिकारबिहिन बन्नुभयो ।

अब यो सरकारले तपाइहरूलाई सम्पत्तिको मालिक बनाउछ । तपाइहरूको समसस्याको समाधान यही सरकारले गर्छु, मन्त्री अर्यालले भन्नुभयो, ुअव्यवस्थित बसोबासीको समस्या फरकफरक छन् । त्यसकारण फरकफरक ढंगले समस्या समाधान गर्नुपर्छ । त्यसको समाधान यही आयोगबाट गर्नेगरी प्रबन्ध मिलाउछौ ।

प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार  ३ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]