बैशाख ८, २०८१ शनिबार

भ्रमण वर्ष २०२० को प्रचार गर्दै : दार्जिलिङमा नेपालीको ट्रेकिङ

दार्जिलिङ । नेपाल भ्रमणका लागि झापाको एक टोलीले दार्जिलिङ पुगेर निम्तो दिएको छ । निम्तो दिएर भ्रमण टोली आइतवार साँझ नेपाल फर्किएको छ ।

भ्रमण वर्ष – २०२० को व्यापक प्रचार गर्ने उदेश्यले टोली दार्जिलिङ गएको हो । शनिवार दार्जिलिङको पर्यटकीय क्षेत्र पुगेको टोलीले पर्यटन व्यवसायीसँग छलफल गरेर भ्रमणमा नेपाल आउन निम्तो दिएको टोलीका संयोजक डिल्ली घिमिरेले जानकारी दिए । ५० जनाभन्दा बढिको संख्यामा गएको टोलीले दार्जिलिङको होम स्टे क्षेत्रको अवलोकन समेत गरेको छ । टोली टिस्टादेखि ट्रेकिङ गरेर ५ हजार फिट उचाईमा रहेको होम स्टे पुगेको थियो । सानो मङ्वामा रहेको पुरोनो एवम् चर्चित होम् स्टेमा पुगेका नेपाली टोलीले भारतमा नेपाल भ्रमण वर्षको प्रचारसँगै त्यहाँ आउने पर्यटकलाई नेपाल पठाइदिन आग्रह गरेका छन् ।

दुई देशविचको आपसी सम्बन्ध राम्रो बनाएर पर्यटकलाई नेपाल ल्याउन आफुहरु तयार रहेको टोलीका व्यवस्थापक अर्जुन कार्कीले जानकारी दिए । भारत छिमेकी देश भएकाले धेरै भन्दा धेरै पर्यटक भारतबाट भित्राउन सकिने कार्कीको भनाई छ । उनले त्यहाँको होम स्टे सञ्चालनको बारेमा यहाँका सञ्चालकलाई पनि अध्ययन गर्ने वातावरण मिलेको बताए । पर्यटन विकासको लागि अपनाउनु पर्ने आधारभूत मान्यताको सिकाई भएको बताइको छ । प्रदेश १ सरकारको पर्यटन मन्त्रालयको सहयोगमा गएको टोलीले भ्रमण वर्षका बारेमा व्यापक प्रचार गरेको छ । प्रचारका लागि मौखिक जानकारी एवम् ब्रोसर वितरण गरिएको थियो । टोलीमा पर्यटन व्यवसायी , पत्रकार, होम स्टे सञ्चालक, जनप्रतिनिधि र पर्यटकीय क्षेत्रका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार  ४ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]