चैत्र १६, २०८० शुक्रबार

झापामा दलित पत्रकार संघ गठन, अध्यक्षमा प्रदीप

बिर्तामोड । राष्ट्रिय दलित पत्रकार संघ नेपालको झापा जिल्ला कार्य समिति गठन भएको छ । आज बिर्तामोडमा भएको प्रथम भेलाले नौ सदस्यीय समिति गठन गरेको हो ।

उक्त भेलाले प्रदीप परियारको अध्यक्षतामा झापा जिल्ला कार्य समिति गठन गरेको छ । सो समितिको उपाध्यक्षमा नरेश खाती, सचिब चिरञ्जिबी घिमिरे, सहसचिब गोबिन ल्वागुन र कोषध्यक्षमा सुस्मा त्रिखत्री सर्बसम्मत चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा किशोर उपरकोटी, रबिन बिसी ,सुस्मा नेपाली र प्रदिप दास रहेका छन् ।

झापाको बिभिन्न संचार गृहमा आबद्ध रहेका दलित पत्रकारहरुलाई संगठित गर्न राष्ट्रिय दलित पत्रकार संघको जिल्ला कार्यसमिति बनाएको संघका केन्द्रीय उपाध्यक्ष गोपाल बराइलीले बताए । उनका अनुसार गत जेष्ठ १८ गते गठित राष्ट्रिय दलित पत्रकार संघ नेपाल गत असोजमा दर्ता भई हाल ११ जिल्ला सहित ३ नम्बर प्रदेश र उपत्यका क्षेत्रको भेला सम्पन्न भइसकेको छ ।

प्रदेश १ भेला पुष ४ र ५ गते धनकुटाको राजारानीमा गर्ने तयारी भएको छ । क्रियाशिल दलित पत्रकार देशभरमा हाल ११ सय बढि रहेको र झापा जिल्लामा १६ जना रहेको तथ्याङक छ । सो भेलामा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले भेलाबाट गठित संघले दलित समुदायका समस्या र हक अधिकारलाई बाहिर ल्याउन सहयोग पुग्ने बताए । उनले दलित समुदायको आवाज बाहिर ल्याउन अझै समस्या भइरहेकोले दलित पत्रकार त्यस काममा जुट्न आग्रह गरे । प्रमुख पोर्तेलले भने, पत्रकारले समाजका सबै खाले आवाजलाई बाहिर ल्याउनु पर्छ । तर, अहिले पनि सञ्चार क्षेत्रमा त्यो हुन सकिरहेको छैन ।

सञ्चारकर्मी रञ्जित परियारको अध्यक्षतामा भएको सो भेलामा मेची भन्सार कार्यलय काँकडभिट्टाका प्रमुख धु्रर्बराज बिक, पत्रकार महासंघ झापाका सचिब सन्तोष आचार्य, मेची नगरपालिकाका कार्यपालिका सदस्य टिका मंग्राती लगायतको धारणा राखेका थिए ।

प्रकाशित मिति : मंसिर ३०, २०७६ सोमबार  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]