बैशाख २६, २०८२ शुक्रबार

मेचीनगरबाट १ लाख ६३ हजारको कपडा बरामत

बिर्तामोड । प्रहरीले मेचीनगर नगरपालिका वडा नं. १५ किसन कामत टोलबाट भन्सार छलेर ल्याइएको कपडा नियन्त्रणमा लिएको छ ।

आज साँझ जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको विभिन्न किसिमको बच्चाले लगाउने कपडा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार कपडा १०८ पिस, बच्चाले लगाउने टाउजर ३६ पिस, बच्चाले लगाउने मोजा ५३० जोर, केटाले लगाउने मोजा १२० जोर, तौलिया १० पिस बरामत गरिएको छ ।

अवैध रुपमा ल्याइएको १ लाख ६३ हजार ५ सय बराबरको कपडा नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाउने तयारी भइरहेको झापा प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]