बैशाख १२, २०८१ बुधबार

पाँच दिनमै जन्मदर्ता, १ हजार तुरुन्तै

अर्जुनधारा । बच्चा जन्मेको पाँच दिनमै जन्म दर्ता गरेर अर्जुनधारा- १० धौराली चोकका मिलन बानियाँ शंकरले १ हजार नगद बुझेका छन् । उनी यो आर्थिक वर्षमा यस्तो सुबिधा लिने पहिलो ब्यक्ती हुन् ।

सरकारले ३५ दिन भित्र जन्म दर्ता गर्ने दलित बालबालिकालाई १ हजार रुपैयाँ उपलब्ध गराउदै आएको छ । स्थानीय सरकारले वडाबाटै जन्म दर्ता गराउनेलाई वडाबाटै बालबालिका प्रोत्साहन रकम प्रदान गर्दै आएको वडा सचिब कृष्ण नेपालले जानकारी दिए ।

आज मिलनले मंसिर २५ गते जन्मिएकी छोरी शिल्पाको प्रोत्साहन रकम वडाध्यक्ष बलदेब गोम्देनबाट बुझेका छन् । वडाध्यक्ष गोम्देनले सबै लक्षित समुदायलाई सुबिधा उपभोग गर्न आग्रह गरेका छन् । गोम्देनले भने – ३५ दिनभित्र घटना दर्ता गर्न आव्हान गर्दछु ।

दलित बालबालिकाले ५ वर्षसम्म पोषण भत्ता बापत मासिक ४ सयका दरले पाउने ब्यवस्था छ ।

प्रकाशित मिति : पुष १, २०७६ मंगलबार  ३ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]