असार १३, २०८२ शुक्रबार

सुनको भाउ तोलामा १ लाख २१ हजार नाघ्यो

बिर्तामोड । लगातार दोस्रो दिनपनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।

सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबार मात्रै मूल्य प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर १८, २०८० सोमबार  ११ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]