बैशाख १६, २०८१ आईतबार

गौरीगञ्जका ४० जना स्वयम्सेविकालाई साइकल वितरण

बिर्तामोड । झापाको गौरीगञ्ज गाउँपालिकाले २० औं स्वयमसेविका दिवसको अवसर पारेर स्वयम्सेविकालाई साइकल वितरण गरेको छ ।

गाउँपालिकाले नीति कार्यक्रममै स्वयम्सेविकालाई साइकल उपलब्ध गराउने घोषणा गरेको थियो । नीति कार्यक्रममा बमोजिम ४० जना स्वयम् सेविकाहरुलाई साइकल वितरण गरिएको स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।

गाउँपालिकाभित्र कार्यरत सबै स्वयम्सेविकाहरुलाई एक-एक थान साइकल वितरण गरिएको उनको भनाई छ । यसैगरी गाउँपालिकाले ०७९ का उत्कृष्ट तीन जना स्वयम्सेविकालाई पुरस्कृत समेत गरेको छ । उत्कृष्ट स्यमसेविका गिता राई (वडा नं. १), हिमा ताजपुरिया (वडा नं. ४) र गायत्री अधिकारी (वडा नं. ६) लाई दोसल्ला ओडाई मायाको चिनो सहित पुरस्कृत गरिएको छ ।

स्वयमसेविकाहरुको प्रोत्साहनका लागि पुरस्कृत गर्दै साइकल वितरण गरिएको गाउँपालिका उपप्रमुख पुजन न्यौपाने कुँवरले जानकारी दिइन् । उनले गाउँघरमा स्वास्थ्य सेवामा स्वमयसेविकाहरुको महत्वपूर्ण योगदान रहेको बताइन् ।

प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार  १ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]