बैशाख २८, २०८१ शुक्रबार

श्रद्धा कृषि सहकारी संस्थाको अध्यक्षमा शिवाकोटी

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित श्रद्धा कृषि सहकारी संस्थाको अध्यक्ष पदमा छविलाल शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् । संस्थाद्वारा स्थानीय सामुदायिक भवनमा मंगलबार आयोजित १५ औं बार्षिक साधारणसभा तथा अधिवेशनबाट शिवाकोटी निर्विरोध निर्वाचित भएका हुन् ।

अधिबेशनबाट नयाँ कार्यसमितिको उपाध्यक्षमा युवराज नेपाल, सचिवमा कृष्णप्रसाद चापागाईं, सहसचिवमा युवराज प्रसाई र कोषाध्यक्षमा कुमारी भण्डारी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा नरेश खाती, शान्ति प्रसाद चौहान ,ओमभक्त सेढाई ,सोमनाथ अधिकारी र महिला सदस्यहरु आनन्द राई, टिकादेवी पाठक निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक केदारनाथ पोखरेलले जानकारी दिए ।

४ बर्षे कार्यकाल रहने लेखा समितिको संयोजकमा कृष्णप्रसाद पौडेल, सदस्यहरुमा मनरथ पाण्डे र कमल प्रसाद संग्रौला निर्विरोध चयन भएका छन् । साधारणसभामा संस्थाका कार्यवाहक अध्यक्ष छविलाल शिवाकोटीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

११३० जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी १ करोड १० लाख ३७ हजार रुपैयाँ र विभिन्न कोषहरुमा जम्मा ८० लाख ६० हजार ४ सय ५८ रुपैयाँ ४८ पैसा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । अर्जुनधारा नगरपालिका – ८ का वडा अध्यक्ष कुमार प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा संस्थाका ज्येष्ठ सदस्यहरु सूर्यबहादुर खड्का ,चन्द्रबहादुर ढुंगाना ,सूर्यबहादुर कार्की ,हरिप्रसाद घिमिरे ,भिम प्रसाद गिरी ,चक्रबहादुर तामाङ ,बम बहादुर कार्की ,जय नारायण खतिवडा ,हरिकला सञ्जेल ,लक्ष्मी देवी पाठक ,टंक प्रसाद निरौला ,सकुन्तला भुजेल ,बेदनिधि दाहाल ,कपिलमणी घिमिरे ,माधवप्रसाद कोइराला , आइतीमाया तामाङ र भिम बहादुर निरौलालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

त्यस्तै, उत्कृष्ट मासिक बचत कर्ता बम बहादुर कार्की , क्रमिक बचत कर्ता सुन्दरा ओली र असल ऋणी लिला साहु, उत्कृष्ट कर्मचारी तुलसा घिमिरेलाई सम्मान पत्रसहित जिन्सी पुरस्कारले सम्मान गरिएको थियो । त्यसैबीच शेयर सदस्यको छोराछोरी एसईईमा उत्कृष्ट विद्यार्थीहरु तर्फ स्मारिका बर्देवा र उत्कृष्ट पोखरेललाई सम्मान पत्र सहित नगद राशीले पुरस्कृत गरिएको थियोे ।

कार्यवाहक अध्यक्ष शिवाकोटीको सभापतित्व र सचिव कृष्णप्रसाद चापागाईंले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि उप्रेती, विशिष्ट अतिथि एवं जिल्ला सहकारी संघका सदस्य पुष्पा उप्रेती, कालिका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कर्ण बहादुर तामाङ र श्रद्धा कृषि सहकारी संस्थाका सदस्य देवीप्रसाद पाठक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]