बैशाख २८, २०८१ शुक्रबार

अर्जुनधारामा अनुष्ठानसँगै बृहत योग शिविर

शनिश्चरे । पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ४१ औं बार्षिक अनुष्ठान श्रीमद् देवी भागवत नवाह ज्ञान महायज्ञ भइरहेको छ । सँगै १९ गतेदेखि ५ दिवसीय बृहत योग शिविर समेत संचालन भइरहेको छ ।

पतञ्जी योगपीठ झापाको आयोजना तथा अर्जुनधारा जलेश्वरधाम समितिको संयोजनमा बृहत योग शिविर आयोजना गरिएको हो । स्वस्थ जीवन , सुखी जीवन , तनावमुक्त पारिवारिक जीवनका लागि योग गरौं । संचालित बृहत योग शिविरमा कार्यक्रमका प्रमुख एवं केन्द्रीय प्रभारी (योग प्रशिक्षण) नेपालका लवदेव मिश्रबाट बिहान ५ बजे देखि ७ बजेसम्म प्रशिक्षण भइरहेको धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

योग शिविरमा पतञ्जली योगपीठ कोशी प्रदेशका महामन्त्री लक्ष्मीप्रसाद काफ्ले, झापा अध्यक्ष देवीप्रसाद घिमिरे तथा सयौं प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । आयोजकका अनुसार २४ गते योग शिविर समापन कार्यक्रममा भारत हरिद्वारका आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजको प्रमुख आतिथ्य रहनेछ ।

प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]