जेष्ठ ६, २०८१ आईतबार

अर्जुनधाराका विपन्न परिवारलाई सुधारिएको चुलो वितरण

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले ७ नम्बर वडाका अति विपन्न परिवारलाई सुधारिएको (वायु पंखी ) चुलो बिहीबार एक कार्यक्रमको आयोजना गरि वितरण गरेको छ ।

नगरपालिकाले ११ वटै वडामा चुलो वितरण कार्यक्रम अनुसार वडा नम्बर ७ का अति विपन्न परिवारका एक ÷ एक घरका प्रतिव्यक्ति १-१ थान जम्मा ३०० थान सुधारिएको चुलो वितरण गरेको हो । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले ७ नम्बर वडाका अति विपन्न परिवारलाई चुलो वितरण गरेका हुन् ।

नगर क्षेत्रका अति विपन्न परिवारका लागि मात्र सुधारिएको चुलो कार्यक्रम आएको हुँदा हुने खानेले चुलो नपाओस् , विपन्न परिवारले मात्र पाओस् भन्ने नगर प्रमुख गोम्देनले वडाबासीहरुलाई सन्देश दिए । सुधारिएको चुलो प्रति १ थानको बजार मुल्य ५ हजार ५ सय रुपैयाँ पर्ने २ सय रुपैयाँ मात्र ढुवानी खर्च लिएर विपन्न परिवारलाई राहत स्वरुप चुलो वितरण कार्यक्रम ल्याएको हो । वितरण कार्यक्रममा अर्जुनधारा नगरपालिका – ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडाले नगर प्रमुख गोम्देनले अति विपन्न परिवारका लागि चुलो वितरण कार्यक्रम ल्याएकोमा नगर प्रमुखको प्रशंसा गरे ।

उनले विपन्न परिवार लक्षित गर्दै तपाईंहरुले चुलो प्रयोग नगरेको भेटेको खण्डमा तपाईंहरुबाट चुलो खोसेर अर्को विपन्न परिवारलाई वितरण गरिने चेतावनी दिए । यसअघि नगरपालिकाले वडा नम्बर १, २, ३, ४, ९, १० , ११ मा १५०० थान भन्दा बढी चुलो वितरण गरिसकेको र बाँकी वडा नम्बर ५ , ६ र ८ मा चाडै नै वितरण गरिने संचार संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।

३५ सय थान भन्दा बढी चुलो वितरण गरिने नगरपालिकाको लक्ष्य रहेकोले वितरण गरिसकेको वडाहरुमा छुटेकालाई चाडै वितरण गरिने उनले बताए ।

प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार  ५ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]