जेष्ठ ६, २०८१ आईतबार

काठ बरामद गर्ने शनिश्चरे प्रहरीलाई ९५ हजार घुस दिन खोज्नेहरु ट्याक्टरसहित नियन्त्रणमा

बिर्तामोड । शनिश्चरे प्रहरीले गोप्य सूचनाको आधारमा ट्याक्टरसहित काठ बरामद गरेको छ । आज विहान साढे ५ बजे प्रहरीले अर्जुनधारा ५ बाँसबारीस्थित भित्रि सडक खण्डबाट काठ बरामद गरेको झापा प्रहरीले जनाएको छ ।

उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे १ त ८०५ नम्बरको ट्याकटरलाई गोप्य सूचनाको आधारमा शनिश्चरे प्रहरीले चेकजाँच गर्दा माटोले छोपेर काठ ल्याएको फेला पारेको थियो । शनिश्चरेका प्रनानि कुमार खड्काको टोलीले चेकजाँच गर्दा माटोले छोपेर ल्याउदै गरेको चिरान गरेको ५ फिटको २ थान,६ फिटको ११ थान,७ फिटको १९ थान,८ फिटको २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५ क्युफिट सखुवा जातको काठ फेला परेको थियो । उक्त काठ नियन्त्रणमा लिने क्रममा प्रहरीलाई ९५ हजार घुस दिन खोजेको दावी गरिएको छ । प्रहरीले उक्त नगद , ट्याक्टरसहित जिल्ला झापा अर्जुनधारा न.पा. ३ बस्ने बर्ष ४० को कृष्ण श्रेष्ठ र बर्ष ३८ को रोहित घतानी समेतलाई पक्राउ गरी ईप्रका अनारमनी ल्याई थप अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको काठ २ लाख ७० हजारको रहेको अनुमान गरिएको छ । काठलाई डिभिजन वन कार्यालय भद्रपुरमा बुझाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : मंसिर २३, २०८० शनिबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]