बैशाख १३, २०८१ बिहीबार

झापाको धार्मिक पूर्वाधार विकासमा १ करोड विनियोजन

झापा । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकासको बजेटमध्ये झापाका १३ जना प्रदेश सभासदस्यले विभिन्न धार्मिक क्षेत्रका विकास निर्माणका लागि एक करोड बजेट विनियोजन गरेका छन् ।
झापाबाट १३ जना प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र पूर्वाधारका लागि आएको रु छ करोड ५० लाख बजेटमध्ये रु एक करोड मठमन्दिरका भवन निर्माण र कार्यक्रमका लागि सो रकम छुट्याएका हुन् । प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७६ बमोजिम आर्थिक वर्ष २०७६/०७७ मा प्रत्येक सदस्यलाई रु ५० लाखका दरले कार्यक्रम छनोट गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रदेशसभा सदस्य हिराकुमार थापाले १० वटा योजनामध्ये कनकाई नगरपालिका–५ मा रहेको कोटीहोम प्रणामी सामुदायिक भवन निर्माणका लागि रु पाँच लाख, क्षेत्र २ अन्तर्गत १ का अर्का प्रदेशसभा सदस्य एकराज कार्कीले १७ योजनामध्ये विर्तामोड नगरपालिकामा रहेको मुश्लिम सामुदायिक मदरसा भवन निर्माणका लागि रु १० लाख, कनकाई नगरपालिकामा रहेको नवदुर्गा मन्दिर शीतलचोक ज्येष्ठ नागरिक भवन निर्माणमा रु सात लाख, विर्तामोडकै ग्रामकाली मन्दिरको सामुदायिक भवन निर्माणमा रु पाँच लाख छुट्याएका छन् ।

क्षेत्र नं ५ का प्रदेशसभा सदस्य इन्दिरा राईले १० वटा योजनामध्ये कमल गाउँपालिकामा रहेको किराँत चोलुङ माङ्गहीम भवन निर्माणका लागि रु पाँच लाख ५० हजार, दमकको पर्यटकीय मन्दिर धनेश्वरधाम गेट निर्माणका लागि रु पाँच लाख ७५ हजार, निर्वाचन क्षेत्र ३ अन्तर्गत १ प्रदेशसभा सदस्य वसन्त बानियाँले आठ वटा योजनामध्ये भद्रपुर नगरपालिकामा रहेको दुर्गा मन्दिरको भवन निर्माणका लागि रु नौ लाख, कचनकवल गाउँपालिका ६ र ७ विष्णु पाञ्चायन मन्दिरमा सत्संग भवन निर्माणका लागि रु १० लाख, सांसद ओमप्रकाश सरावगीले १७ योजनाबाट भद्रपुरको गायत्री मन्दिर सामुदायिक भवन निर्माणका लागि रु छ लाख बिनियोजन गरेका छन् ।

प्रदेशसभा सदस्य श्री प्रसाद मैनालीले १३ योजनामध्ये मेचीनगर–७ को राधाकृष्ण मन्दिर सामुदायिक भवन निर्माणका लागि रु छ लाख, ७ नं कै झिलझिले नर्वदेश्वर शिवालय मन्दिरको शौचालय तथा होमकुण्ड निर्माणका लागि रु पाँच लाख, क्षेत्र नं ५ अन्तर्गत २ का प्रदेशसभा सदस्य अर्जुन राईले सात योजनामध्ये नामङ्न्याल कुछे जिल्ला बौद्ध गुम्बा कम्पाउड निर्माणमा रु आठ लाख, निर्वाचन क्षेत्र नं २ अन्तर्ग २ का प्रदेशसभा सदस्य बृखबहादुर प्रधानले अर्जुनधारा–९ बाह्रघरेमा रहेका ग्रागी विद्यापीठ भवन निर्माणमा रु पाँच लाख, अर्जुनधारा–६ को भीमसेनथान मन्दिरमा आवास निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरेका छन् ।

प्रदेशसभा सदस्य जसमाया गजमेर, राधा थापा, पूर्णसिंह राजवंशीले विद्यालयका भवन निर्माण, सडक र आत्मनिर्भर बनाउन विभिन्न सशक्तिकरणका कार्यक्रममा बजेट विनियोजन गरेका छन् । सबै सदस्यका पूर्वाधार कार्यक्रमलाई अध्ययन गर्दा सदस्यले धार्मिक क्षेत्रको विकासलाई विशेष महत्व दिएको देखिन्छ । प्रत्येक सदस्यको रु ५० लाख बजेटमध्ये जिल्ला समन्वय समितिको प्रशासनिक र प्रतिनिधि खर्चका लागि रु ७५ हजारका दरले राखिएको छ ।

प्रकाशित मिति : पुष ४, २०७६ शुक्रबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]