बैशाख २०, २०८१ बिहीबार

महिला चेतना सहकारी संस्थाको साधारणसभामा सम्मान

शनिश्चरे । अर्जुनधारा नगरपालिका –७ स्थित महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाको २० औं बार्षिक साधारणसभा बिहीवार सम्पन्न भएको छ । संस्थाद्वारा कार्यालयमा आयोजित २० औं साधारणसभाको अन्तिम माईन्यूट (निर्णय ) प्रमाणिकरण भेलामा प्रस्तावहरु पारित गर्दै साधारणसभा सम्पन्न गरिएको हो ।

अर्जुनधारा नगरपालिका – ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडाको प्रमुख आतिथ्य रहेको साधारणसभामा संस्थाकी अध्यक्ष निलाकुमारी दाहालले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने व्यवस्थापक उमा थापाले आर्थिक बर्ष ०७९-०८० को आय–व्यय प्रस्तुत गरिन् ।

त्यस्तै लेखा समितिको तर्फबाट संयोजक हुमा गौतम पोखरेलले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिन् । सोही अवसरमा संस्थाका ज्येष्ठ सदस्यहरु बुद्धिमाया बुढाथोकी, प्रेमकुमारी भण्डारी र तारादेवी दाहाल, उत्कृष्ट बाल बचत कर्ताहरु सानिका रसाइली ,सभ्यता आचार्य ,अविश्ना कार्की ,अपेक्षा धिताल र सृष्टिका कार्की , उत्कृष्ट बचतकर्ताहरु उर्मिला श्रेष्ठ ,मुना राजवंशी र पुरियामाया सार्की , उत्कृष्ट असल कर्जाहरु डम्बर कुमारी ढकाल ,रोजिना परियार, जीत माया कार्की, गीता दनुवार र उत्कृष्ट कर्मचारीतर्फ अर्जुन बराललाई सम्मान–पत्रसहित सम्मान गरिएको थियोे ।

अध्यक्ष दाहालको सभापतित्व र सचिव गीता अधिकारीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि खतिवडा , नगर परिषद् सदस्य पार्वता भट्टराई, विशिष्ट अतिथि तथा पशुपंक्षी विकास शाखाका प्रमुख पदमलाल राई ,जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पूर्व उपाध्यक्ष दुर्गाप्रसाद न्यौपाने, सामाजिक व्यक्तित्व देवीप्रसाद बराल ,शिक्षासेवी चिरञ्जीवी शिवाकोटी , स्थानीय नव युवा क्लबका अध्यक्ष देवेन्द्र मैनाली , सिर्जना बाल युवा क्लबका अध्यक्ष शर्मिला न्यौपाने, महिला चेतना सहकारीका उपाध्यक्ष भोलादेवी भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसअघि संस्थाको २० औं बार्षिक साधारणसभा अन्तर्गत वडा स्तरीय वडा नम्बर ७ को दुध केन्द्र भवनमा मंसिर १९ गते, वडा नम्बर ४ सिंहबाहिनी मन्दिरमा २० गते , साबिक वडा नम्बर ३ चिउरा मिल भाङबारीमा २१ गते , वडा नम्बर ८ हात्तीकिल्ला तीनकुनेमा २२ गते र वडा नम्बर ५ कञ्चनबारीमा २३ गते साधारणसभा आयोजना गरिसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार  ७ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]