बैशाख २३, २०८१ आईतबार

सवारी दुर्घटना न्यूनिकरण गर्न योजना बनाएर अघि बढेकाछौ : मन्त्री नेम्बाङ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सवारी दुर्घटना न्यूनिकरण तथा रोकथाम गर्न योजना बनाएरै अघि बढेको बताएका छन् । शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा आफ्नो धारण राख्ने क्रममा यस्तो बताएका हुन् ।

समितिमा छोटो धारणा राखेका मन्त्री नेम्वाङले सडक दुर्घटनाप्रति राष्ट्रपतिबाट संवेदनशीलता व्यक्त भएको र प्रधानमन्त्रीले निर्देशन दिएको बताए । उहाँले भन्नुभयो ‘सम्माननीय राष्ट्रपति ज्यूले समेत चासो देखाउनु भएको छ । यसलाई निराकरण गरेर अघि जानको निम्ती सिंगो सरकार सम्माननीय प्रधानमन्त्रीबाट ठोस उपयुक्त र आवशकिय निर्देशन समेत सम्बन्धित निकायहरुलाई प्राप्त भइसकेको छ ।’

मन्त्री नेम्बाङले गृह मन्त्रलाय, भौतिक मन्त्रालय लगायत सरोकारवाला निकायहरुसंग गहन छलफल गरेर सवारी दुर्घटना न्यूनिकरण र रोकथामका लागि प्रतिवेदन तयार गरिएको बताएका छन् । उहाँले भन्नुभयो ‘गृह, भौकित तथा सरोकारवाला निकार्यसंग गहन छलफल गरेर प्रतिवेदन तयार भएको छ । सवारी दुर्घटनाको कारण, अहिलेको अवस्था, विगतको अवस्था र अहिलेको चौमासिकसम्म आईपुग्दाको अवस्थाको समेत प्रतिवेदनमा लेखाजोखा गरिएको छ ।’

दुर्घटनाले मानवीय संवेदनाशीलतालाई अघि सारेको र नियन्त्रणका लागि सबै लाग्नु पर्ने उल्लेख गर्दै दुर्घटनाका धेरै कारणहरु देखिएको र यसलाई न्यूनिकरण गर्ने पनि धेरै उपायहरु रहेको बताए । उहाँले भन्नुभयो ‘दुर्घटना रोक्ने दर्जनौ उपायहरु छन् । ती उपायहरुकोे पनि बुलेटमा पहिचान गरिएको छ । यसलाई सरकारले नीतिगत रुपमा के गर्नु पर्दछ अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रुपमा त्यस सम्बन्धी कानुनहरु, नियमावली र विधेयकका रुपमा अघि बढाउने तर्फ मन्त्रालय लागेको छ ।’

मन्त्रालयको जिम्मेवारी सम्हालेर पहिलोपटक समितिमा पुग्नु भएका मन्त्री नेम्वाङलाई समिति सभापति कल्याणी खड्का, समिति सदस्य र कर्मचारीहरुले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : पुष ४, २०७६ शुक्रबार  ६ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]