जेष्ठ ४, २०८१ शुक्रबार

युवा पलायन रोक्न योजना चाहियो

सम्पादकीय
गत निर्वाचनका बेला नयाँ पार्टी भनिनेहरुले युवालाई स्वदेशमै रोजगारको वातावरण बनाउने विश्वास दिलाउदै भोट मागे । पुराना दलहरुका कारण युवाहरु देशमा बस्न सकेनन् भन्दै नयाँ पार्टीका नेताहरुले अभिव्यक्ति दिए । तर, त्यो अभिव्यक्ति यतिवेला मिथ्या भएको छ । नयाँ दलहरुको उदयले पनि युवाहरु देशमा बस्न सकिरहेका छैनन् । बरु, युवा पलायन बढेर गएको छ । नयाँ वा पुरानो भन्दा पनि देशमा गरिखाने गरिको नीति चाहिएको छ । गलत नीतिका कारण देशमा युवाहरु बस्न सकिरहेका छैनन् । जीवन गुजारा चलाउने माध्यम नै वैदेशिक रोजगार बनिरहेको छ ।

तथ्याङक हेर्दा गत वर्षभन्दा धेरै युवाहरु विदेश पलायन भइरहेका छन् । मंसिरमा मात्र ६ हजार ९३४ जना महिला कामको खोजीमा विदेशिएका छन् । यो महिनामा नयाँ श्रम स्वीकृति मात्र ३६ हजार ८० वटा जारी भएको छ । मंसिरमा विदेशिनेमध्ये धेरैजसो नेपाली तराईका जिल्लाका छन् । धनुषबाट ३६ सय २१, झापाबाट ३३ सय ९७, मोरङबाट ३१ सय २ र रुपन्देहीबाट २३ सय ९ जना विदेश गएका छन् । वैदेशिक रोजगारीलाई नै विकल्प बनाउनुपर्ने बाध्यता मुलुकको नेतृत्वबाट पनि सिर्जना भएको हो । यसका लागि नेतृत्वबाटै समाधानको खोजी हुन जरुरी छ ।

साधारण जीवन चलाउन पनि यहाँ मुस्किल छ । सुविधासम्पन्न जीवन चलाउन सोही अनुसारको आवश्यकता परिपूर्ति गर्नुपर्छ । जागिर, व्यापारमा भनेजस्तो नभएपनि हरेकले देश बाहिर नै आफ्नो विकल्प मानिरहेका छन् । यसैले कस्तो जीवन चलाउने भन्ने पनि हो । यहाँ बजार महंगो छ । शिक्षा, स्वास्थ्यमा खर्च गर्ने सामाथ्र्य पनि छैन । श्रम मजदुरी गरेर दैनिक जीवन चलाउनेहरुलाई सहज वातावरण बनाउने दायित्व राज्यको हो । राज्यकै कारण यो अवस्थाको सिर्जना भएको हो । राजनीतिक नेतृत्व, जनप्रतिनिधि, कर्मचारी, नीति निर्माताहरुले युवा रोक्नका लागि योजना निर्माण गर्नैपर्छ, आशा बढाउनै पर्छ ।

प्रकाशित मिति : पुष ६, २०८० शुक्रबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]