बैशाख १२, २०८१ बुधबार

मेची पुलभरि राष्ट्रिय झन्डा फहराइयो

भद्रपुर ,पौष ५ । नेपाल-भारतको सीमावर्ती नाका भद्रपुरस्थित मेची पुलभरि राष्ट्रिय झन्डा फहराइएको छ। बढ्दो सीमा अतिक्रमणसँगै नेपाल भ्रमण वर्ष सन् २०२० लाई मध्यनजर गरी भद्रपुर नगरपालिका-५ नम्बर वडा कार्यालयले दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल सन्दर्भ पारेर मेची पुलमा शुक्रबार एकै पटक १७ स्थानमा राष्ट्रिय झन्डा फहराइएको हो।

मेची पुलको १७ वटा पिलरमा १७ वटा राष्ट्रिय झन्डा फहराइपछि पुलभरि देशको राष्ट्रियता झल्किएको छ। पुलमा राष्ट्रिय झन्डा फहराएपछि पुलमा आवतजावत गर्ने व्यक्तिले झन्डा देखिने गरी फोटो खिचाउँदै प्रशंसा गर्न थालेको समेत पाइयो।

‘अहिले पुलमा राष्ट्रिय झन्डा मात्र राखिएको छ’, वडा अध्यक्ष कार्कीले भने, ‘त्यसलाई त्यही ठाउँमा फलामको क्लिप लगाउँदै रंगरोगन गरी सधैँका लागि राख्छौ ।’ ‘

अहिले जता त्यतै भारतले नेपाली भूमि मिच्न थालेको छ, मेची पुल नेपालकै हो, सीमा बाटै राष्ट्रियता झल्काउन सन्देश दिनलाई झन्डा राखेका हौँ,’ उनले भने, ‘नेपाल भ्रमण वर्ष सफल बनाउन पनि झन्डाले नेपाल आउने पर्यटकलाई सन्देश दिन्छ ।’ यसअघि मेची पुलको नेपालतर्फको पश्चिम प्रवेशद्वारमा संविधान दिवसको अवसरमा ५ मिटरको राष्ट्रिय झन्डा फहराइएको थियो।

पश्चिम प्रवेशद्वारमा नभई पूर्वद्वार सो राष्ट्रिय झन्डा राख्नु पर्ने नगरवासीले बताउँदै आएका छन्। शनिबारदेखि भद्रपुरस्थित मेची नदीमा दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह-आयोजकमा दोस्रो संस्करणको बिच भलिबल प्रतियोगिता पुस ७ गते सम्म सञ्चालन हुँदैछ। बिच भलिबलको उद्घाटन नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गर्नेछन्। प्रति योगितामा नगरभरिका १० वटा वडाले सहभागिता जनाउने भएको छ ।

अन्तर्राष्ट्रिय प्रवेशद्वार मेची पुलको तल नदीमा आयोजित हुने प्रतियोगितालाई सन् २०२० पर्यटन वर्षसँग जोड्नुका साथै पूर्वी सीमा नाका मेची नदीमा अवसर र चुनौती, बनाऊ हामी सबै मिली यसलाई साझा सम्पत्ति भन्ने सन्देश दिन लागेको वडा अध्यक्ष कार्कीले बताए। शनिवार उद्घाटनमा चार वटा खेल हुनेछ ।

उद्घाटन खेलमा वडा १ र ५, वडा ३ र ७, वडा ४ र ८, वडा २ र ६ बिच हुने जनाइएको छ। विजेता टिमलाई नगद ३० हजारसहित शिल्ड प्रदान गरिनेछ, भने उपविजेता टिमलाई नगद २० र तृतीय हुने टिमलाई नगद १० हजारसहित शिल्ड प्रदान गरिने जनाइएको छ।

प्रतियोगिताको लागि वडाको सिलिङबाट १ लाख ७० हजार छुट्टाएको छ। त्यसैगरि, सोही अवसरमा दुईजना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। अग्रज पत्रकार माधव विद्रोही र गोपाल गिरीलाई नगदसहित सम्मान गरिने वडा अध्यक्ष कार्कीले बताए।

प्रकाशित मिति : पुष ५, २०७६ शनिबार  ४ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]