बैशाख ३१, २०८१ सोमबार

आजको दिन १० घण्टा २३ मिनेटको मात्र

काठमाडौं, ६ पुस । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुन्छ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठिक उल्टो रात छोटो र दिन लामो हुन्छ । पात्रो अनुसार आजको नेपालको दिनमान २५ घडी ५७ पला छ भने रात्रिमान ३४ घडी १० पला छ ।

आज सूर्योदय विहान ६ बजेर ५० मिनेटमा भएको थियो भने सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ । यसको अर्थ, आजको दिन १० घण्टा २३ मिनेटको मात्र हुनेछ ।

रात भने १३ घण्टा ३७ मिनेट लामो हुनेछ । प्राचिन समयमा यसै दिनलाई मकर संक्रान्ति भनेर मनाउने गरीएको ज्योतिषी डाक्टर सुनिल सिटौलाले बताए ।

सरकारी पात्रोहरुमा पनि आजको दिनलाई सायन मकर संक्रान्ति या मकर दृष्याङ्क भनेर जनाइएको हुन्छ । भोलिबाट क्रमश:  दिन बढ्दै र रात घट्दै जानेछ ।

प्रकाशित मिति : पुष ६, २०७६ आईतबार  १० : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]