बैशाख १६, २०८१ आईतबार

भोलीदेखि बिर्तामोडमा जुत्ता चप्पल महोत्सव

बिर्तामोड । झापाको बिर्तामोड ‘प्रथम बिर्तामोड जुत्ता चप्पल महोत्सव २०८०’ सञ्चालन हुने भएको छ । पुष ९ गतेदेखि बिर्तामोडको सिटी सेन्टरमा एक महिनासम्म महोत्सव सञ्चालन हुने जानकारी दिइएको छ ।

नेपालका आठ वटा जुत्ता चप्पल उत्पादकहरुले संयुक्त रुपमा महोत्सव सञ्चालन गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सवमा रोयल सुज, बीएफ डियर हिल सुज, क्रसरोड सुज, फस्टवाक सुज, स्मार्ट सुज, डीजे सुज, टुरिस्ट सुज र रन सुजका ब्राण्ड उपलब्ध हुनेछन् । ती कम्पनीहरुका १५ बढी ब्राण्डका तीन हजार बढी डिजाइनहरु महोत्सवमा उपलब्ध हुने रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार सबै उमेर समूहका लागि जुत्ता चप्पल प्रदर्शनीमा राखिने छ ।

नेपाली उत्पादनको प्रबर्धन गर्ने, विदेशी कम्पनीका उत्पादनको चोरी पैठारीलाई निरुत्साहित गर्ने, नेपाली उत्पादनप्रति उपभोक्तालाई साक्षात्कार गराउने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको न्यौपानेले बताए । महोत्सव अवधिभर २० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने आयोजकले जनाएका छन् ।

महोत्सव पश्चात सिटी सेन्टर आठ वटै कम्पनीले संयुक्त रुपमा शोरुम सञ्चालन गर्ने न्यौपानेले जानकारी दिए ।
पत्रकार सम्मेलनमा उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले जुत्ता चप्पल महोत्सवले बिर्तामोडको आर्थिक क्षेत्रको चहलपहल गराउन सहयोग गर्ने जानकारी दिए ।

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]