बैशाख २४, २०८१ सोमबार

झापा लिग जित्ने खेडालीलाई अर्जुनधारामा सम्मान

इन्द्रकुमार राई
शनिश्चरे । अर्जुनधारा नगरपालिकाले प्रथम अन्तरपालिका जिल्ला स्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता बिजेता खेलाडीहरुलाई एक कार्यक्रमका बीच आज सम्मानपत्रसहित पुरस्कृत गरेको छ ।

गत मंसिर ७ देखि २४ गतेसम्म मेची रङ्गशाला भद्रपुरमा भएको अन्तरपालिका स्तरीय लिग नकआउट प्रतियोगितामा नगरपालिकाका खेलाडीहरुले उपाधि जितेर नगरको गौरव बढाएकोले बिजेता टिमलाई सम्मान –पत्र सहित पुरस्कृत गरिएको हो ।

नगरपालिकाद्वारा आयोजित सम्मान तथा ट्रफी हस्तान्तरण कार्यक्रममा नगरका टिम मेनेजर टेकराज तिलिङ्ग र फुटबल प्रशिक्षक पुष्प मादेनले अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन र उपप्रमुख खड्गमाया पराजुलीलाई संयुक्त रूपमा ट्रफी हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा नगर प्रमुख गोम्देन र उपप्रमुख पराजुलीले टिम मेनेजर तिलिङ्ग र प्रशिक्षक मादेनलाई हौसला दिदै सम्मान पत्रसहित नगद राशीले पुरस्कृत गरेका थिए । त्यस्तै टिमका खेलाडीहरु अनुप तामाङ , नितेश यादव ,आयुस समाल मगर, मिलन मेचे, शान्तिराम बस्नेत, अनिश राई, निमा तामाङ ,राजेश दाहाल, किर्तन विसुङखे,गणेश गजमेर, सुभास चन्द्र लिम्बू ,प्रतिक कन्दङवा, सागर मगर, सौगात तामाङ ,प्रविण विश्वकर्मा ,बाबुराम धिमाल ,श्रीकृष्ण धिमाल, सचिन सारु मगरसहित २० लाई सम्मान –पत्रसहित ३ लाख रुपैयाँ नगद पुरस्कृत गरिएको नगरपालिकाका प्रेस संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।

कार्यक्रममा सम्पूर्ण खेलाडीलाई मेडल र खादाले सम्मानित गरिएको थियो । अर्जुनधारा नगरपालिकाका योजना अधिकृत हिमराज सेढाईले सञ्चालन गरेको कार्यक्रममा नगर प्रमुख गोम्देनले कार्यक्रमको अध्यक्षता गर्दै खेलकुद स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्ण भएको बताउँदै नगरको इज्जत बढाउने खेलाडीहरुलाई सम्मान गरे मात्र भविष्यमा राष्ट्रिय स्तरका खेलाडीहरु यस नगरमा उत्पादन हुनसक्ने विश्वास गरे ।

सम्मान कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, ७ नम्बर वडाका वडाध्यक्ष गोविन्द प्रसाद खतिवडा, ८ नम्बर वडाका वडाध्यक्ष कुमार प्रसाद उप्रेती , ११ नम्बर वडाका वडाध्यक्ष खगेन्द्र इङनाम, सामाजिक विकास संयोजक भोला परियार, कृषि विकास संयोजक गौरीमाया चिमरिया लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ६ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]