बैशाख २६, २०८१ बुधबार

शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ

शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आव. २०८०-०८१ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको सुभारम्भ गर्दै लाभग्राही श्रमिकहरुलाई एक दिने अभिमुखीकरण तालिम दिइएको छ ।

कार्यक्रममा नगर प्रमुख मेगाहाङ्ग थोप्राले आफ्नै पालिकामा न्युनतम पारिश्रमिकमा कामको थालनी गर्दै काममा दक्षता हासिल गर्न सहभागीहरुलाई सुझाएका थिए । कम्तिमा पनि सरकारले विपन्न परिवारलाई आफ्नो घर खर्च चलाउन सहयोगी बन्ने उद्देश्यले सरकारले प्रधानमन्त्री कार्यक्रमको सुरुवात गरेकोे बताए । सहभागीहरुले कामलाई ठुलो सानो नठानी नगरको विकास हातेमालो गर्न अग्रसर हुन जोड दिएका थिए। श्रमिकले एक सय दिनको कामका लागि ६७ हजार बढी रकम प्राप्त गर्नेछन् । यो पर्याप्त होइन, उनलेभने, तर उहाँहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत नगर विकासको आयोजनाहरुमा काम गर्दा नगरपालिकालाई समृद्ध बनाउन योगदान पनि हुनेछ ।

त्यस्तै उपप्रमुख नरमाया कार्कीले श्रमिकहरुले काम सँगै सीप सिक्ने पन अवसर पाउँने भएकाले सोको सदुयोग गर्नु पर्ने बताइन । नगरपालिकाको रोजगार कार्यक्रममा काम गरेका श्रमिकले भोली कुनै पनि ठाउँमा काम गर्न सक्ने भन्दै उनले यसलाई पैसाका लागि मात्र नभएर आफुलाई दक्षता हासिल गर्न समेत सुझाइन । आगामी दिनमा साना योजना होइन् ठुला योजना बनाएर नगरपालिकाले सबै श्रमिकलाई एकै ठाउँमा काम गर्ने वातावरण मिलाउने उनको भनाई थियो ।

प्रधान मन्त्री रोजगार कार्यक्रम १०० दिन चल्ने रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए । उनका अुनसार एउटा कामदारले जम्मा ६८ हजार ८ सय रकम प्राप्त गर्नेछन् । नगरपालिकाका गरिब तथा विपन्न परिवारका ६७ जनालाई पहिलो चरणमा काम लगाइने भएको छ । अभिमुखीकरण कार्यक्रममा श्रमिकहरुलाई काम गर्दै जादा आइपर्ने समस्या र त्यसको समाधानका विषयमा आधारिक पाठ्यक्रम अनुसार तालिम प्रदान गरिएको छ ।

यसै बीच लाभग्राही श्रमिकलाई कामका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । उनीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री, औजार वितरण गरिएको रोजगार सृंयोजक तिम्सिनाले जानकारी दिए ।

कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्की, लेखा अधिकृत प्रकाश योङ्गहाङलगायतले शुभकामना मन्तव्य राखेका थिए । वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबोले स्वागत गरेको कार्यक्रमको अध्यक्षता कार्यक्रम अधिकृत प्रकाश चौधरी गरेका थिए भने, अभिमुखीकरणको सहजीकरण रोजगार संयोजक विदुर तिम्सिनाले गरेका थिए ।

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]