बैशाख ३१, २०८१ सोमबार

बिर्तामोडमा आजदेखि महोत्सव, हरेक दिन सांगीतिक प्रस्तुति

बिर्तामोड । आजदेखि झापाको बिर्तामोडमा ‘बिर्तामोड महोत्सव २०८०’ सुरु भएको छ । बिर्तामोड अपांगता स्वालम्बन संस्थाको आयोजना र रिकभरी ग्रुपको संयोजनमा महोत्सव आयोजना गरिएको हो । महोत्सव बिर्तामोड २ रामचोकनजिकै आयोजना गरिएको छ ।

आइतवार एक कार्यक्रमका बीच महोत्सवको उद्घाटन गरिएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले महोत्सवको उद्घाटन गरेका हुन् । कार्यक्रममा बिर्तामोड २ वडा अध्यक्ष किशोर पौडेल, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, झापा जिल्ला अलमुनियम तथा स्टिल फर्निचर संघका अध्यक्ष समिल राई लगायतको आतिथ्यता रहेको थियो ।

कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सवका व्यवस्थापक डिल्ली दाहालले जानकारी दिए । महोत्सवमा फुड फेस्टिवल समेत हुनेछ ।

पर्यटन प्रबर्द्धनको माध्यमबाट बिर्तामोडको आर्थिक तथा सामाजिक विकासमा योगदान गर्ने महोत्सवले लक्ष्य लिएको दाहालले बताए । महोत्सवअन्तर्गत प्रत्येक दिन साँझमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहनेछ ।

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  १ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]