जेष्ठ ४, २०८१ शुक्रबार

विद्यालयमा पारदर्शिता खोजौं

सम्पादकीय
झापाको डिल्लीराज माविमा यतिवेला प्रधानाध्यापकको गतिविधिले आम नागरिक चिन्तित छन् । विद्यालय जोगाउनुपर्ने दायित्व आम नागरिकमा छ । प्रअ जागिर खान मात्रै सो विद्यालय पुगेका हुन् । विद्यालयको खास माया छैन । त्यसैले विद्यालय जोगाउने दायित्व स्थानीय कै हो । झापा गाउँपालिकामा रहेको डिल्लीराज माविका प्रअ विरेन्द्रप्रसाद गुप्ताले विद्यालयको आर्थिक क्षेत्रलाई पारदर्शी नबनाएको ठुलो आरोप छ । अहिले सोही मुद्धा अख्तियार पनि पुगेको छ । यो पटक अख्तियारले गुप्तामाथि प्रभावकारी अनुसन्धान गर्ने अपेक्षा स्थानीय अभिभावकहरुले गरेका छन् । अख्तियारले गुप्ता जोडिएका कतिपय मुद्धामा प्रभावकारी रुपमा जिम्मेवारी निर्वाह नगरेको आरोप पनि छ ।

उनै विरेन्द्र प्रसाद गुप्ता ४ वर्षअघि अर्जुनधाराको लक्ष्मी माविमा कार्यरत थिए । सो विद्यालयको पनि आर्थिक क्षेत्र डामाडोल बनाएको तथ्य प्रमाण विद्यालयमा भेटिन्छ । अहिले पनि प्रअ गुप्ताले लक्ष्मी माविलाई २८ लाख ६९ हजार रुपैयाँ रकम बुझाउनुपर्ने लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । स्थानीय सरकार, विद्यालय प्रशासन, व्यवस्थापन समितिले प्रअ गुप्ताबाट उनको नाममा देखिएको बेरुजु असुलउपर गर्न सकेको छैन । किनभने, असुलउपर गर्नुपर्ने रकम व्यक्तिको होइन । संस्थाको रकम असुलीमा सबैको कमजोरी देखिन्छ । सबैले कानुनी बाटो रोजेर जाने हो भने गुप्ताले राज्यको रकम अपचलन गरेर हिड्न सक्दैनन् ।

डिल्लीराज माविको नयाँ घटना र लक्ष्मी माविको पुरानो घटनाले सरकारी विद्यालयको थोरै भए पनि समस्या उजागर गर्छ । सरकारी विद्यालयको हरहिसावको सन्दर्भमा यो हदसम्मको लापरबाही भनेको क्षम्य नै छैन । सरकारी विद्यालयमा आउने पूर्वाधार देखि सबै शिर्षकका बजेटमा पारदर्शिता चाहिन्छ । त्यसको मुख्य दायित्व भनेको प्रअ कै हो । तर, प्रअको गुलियोमा शिक्षकहरु भुलिए भने गुप्ताकै विद्यालयको हाल अवश्य हुन्छ । विद्यालयमा मिठाईको सत्कार गर्न सिपालु गुप्ताले गुलियोमै धेरैलाई भुलाए । जसको परिणाम आज पनि सकस बनिरहेको छ । सरकारी विद्यालयको हरेक हिसावमा शिक्षकहरुले चासो राख्नुपर्छ । खवरदारी गर्नुपर्छ । सबै विद्यालयका व्यवस्थापन समिति, अभिभावक संघ चनाखो हुनैपर्छ । सरकारी विद्यालय जोगाउने हो भने गुणस्तरीय पठनपाठनसँगै हरहिसाव पनि महत्वपूर्ण छ ।

प्रकाशित मिति : पुष ९, २०८० सोमबार  ४ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]