जेष्ठ ३, २०८१ बिहीबार

दुईपक्षको सहमतिसँगै मनमोहन अस्पतालको विवाद साम्य

बिर्तामोड । मनमोहन अस्पताल बिर्तामोड र मृतकको परिवारबीच सहमति भएको छ । सहमतिसँगै विहानदेखि अस्तापलमा भएको तनाव सकिएको छ । अस्पतालले घटनाको छानविन गर्ने भनेपछि दुई पक्षबीच सहमति भएको अस्पतालका कार्यकारी प्रमुख रोमणी भट्टराईले जानकारी दिए ।

पीडित परिवारले दुई जना बच्चाको शिक्षा र भरणपोषण अस्पतालले व्यवहोर्नुपर्ने सर्त राखेको थियो । सूचना अनुसार अस्पतालले १३ लाख क्षतिपूर्ति दिएको बुझिएको छ । तर, अस्पतालका कार्यकारी प्रमुख भट्टराईले नगदको विषय खुलाएनन् ।

सोमवार विहान खुट्टा सुन्निएर उपचारका लागि बिर्तामोड–३ निवासी नर्वदा बाँस्कोटालाई मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोमवार साँझ नै मृत्यू भएको थियो । उपचारमा लापरबाही भएका कारण बाँस्कोटाको मृत्यू भएको परिवारले दावी गरेको थियो । उपचारमा लापरबाही भएको भन्दै आज दिनभर अस्पतालमा तनाव भएको थियो । मृतक परिवारको पक्षमा आएका मानिसहरुले अस्पतालमा ढुङ्गामुढा समेत गरेका थिए ।
दुई पक्षबीचको सहमतिसँगै परिवारले शव बुझेको छ ।

प्रकाशित मिति : पुष १०, २०८० मंगलबार  ५ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]