बैशाख ३०, २०८१ आईतबार

सेवारो सहकारीको साधारण सभा सम्पन्न

शिवसताक्षी । झापा शिवसताक्षीको दूधेमा रहेको सेवारो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आज दूधे स्थित भुपु सैनिक संघको प्राङ्गणमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा संस्थाले ४ करोड, ४४ लाख २ हजार १४९ रकम बराबरको वासलत सार्वजनिक गरेको छ । संस्थामा हाल ५६७ सदस्य रहेकोमा ६४ लाख ९६ हजार ३०० शेयर पुँजी रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाबाट ३ करोड, ५० लाख ४२ हजार ०७ रुपैया लगानी भएको र हाल संस्थामा ३ करोड २७ लाख ८४ हजार २८९ बचत रकम रहेको सेवारो बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । आ।व। २०७९-०८० मा ४ लाख ३८ हजार ०३५ नाफ रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

साधारसभामा संस्थाका अध्यक्ष दुर्गादेवी मगरले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै हाल देखिएको वित्तीय तरलताले गर्दा संस्थाले उल्लेखीय मुनाफा गर्न चुनौति रहेको बताइन् । आफ्ना सदस्यहरुलाई सामाजिक तथा सांस्कृतिक विकासमा सहयोग पुग्ने खालको कार्यक्रम सञ्चालन गर्न प्रोत्सहान गर्दै गरिबी निवारण तथा लक्षित वर्गको दर्विलो आधार बनाउन सरकारको तर्फबाट सहयोग हुन जरुरी रहेको उनको भनाई थियो ।

कार्यक्रममा प्रमुख अतिथि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले केही सहकारीको ज्ञान नभएका व्यक्तिहरुले सञ्चालन गरेको सहकारी डब्दै गएको बताए । सहकारी सञ्चालन गर्न रहरले होइन, सहकारी प्रति पूर्ण रुपमा ज्ञान हुनु जरुरी छ । उनले भने, अब सहकारीहरु मर्च गरी संख्या घटाउनुको विकल्प छैन ।

यसै बीच कार्यक्रममा सहकारी संस्थाले विभिन्न विधामा आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ । जसमा असल बालबचत कर्ता दिपजङ्ग खड्का लानम इवारम थेवे, असल ऋणी डोमा तामाङ्ग, असल बचतकर्ता कुशल किराँती राई, ज्येष्ठ शेयर सदस्यमा कालुसिंह काम्वाङ्गलाई सम्मान गरिएको छ । त्यस्तै २०७९ सालको एस इ।इ। परीक्षा उत्कृष्ट जिपिए प्राप्त गर्ने शेयर सदस्यहरु छोरा छोरीहरुमा यवराज विमली, आस्था राई र आयुसा सम्वाहाम्फेलाई सम्मान गरेको संस्थाका कर्मचारी पूर्णमाया राईले जानकारी दिइन् । त्यस्तै संस्थाले साधारण सभा कै अवसर पारेर उत्कृष्ट कर्मचारीको रुपमा संस्थाका व्यवस्थापक सुजनकुमार राईलाई सम्मान गरेको थियो ।

कार्यक्रममा आदर्श बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रबहादुर थापा, नागरिक शिवसताक्षी अध्यक्ष नरपति पाठक, सतासीधाम जेसीजका अध्यक्ष निर्मला प्रधानलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सुजनकुमार राईले गरेका थिए ।

प्रकाशित मिति : पुष १२, २०८० बिहीबार  ९ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]